शुक्रबार, २१ कार्तिक, २०८२

नेपाल बुद्धिजीवी परिषद् जुम्लाको छैठौं जिल्ला अधिवेशनबाट डिल्लीबहादुर थापाको अध्यक्षतामा नयाँ समिति

नेकपा (एमाले) सम्बद्ध नेपाल बुद्धिजीवी परिषद् जुम्लाको छैठौं जिल्ला अधिवेशनबाट डिल्लीबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

अधिवेशनले परिषद्को संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हैजाली योगी, सचिवमा मेघराज बुढा, सहसचिवमा दीपक खत्री र कोषाध्यक्षमा रुपा भट्टराई चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा डा. नवीन थापा, महेन्द्रबहादुर साहु, कविन्द्र रोकाया, जीवन बुढथापा, कुलराज देवकोटा र दीर्घप्रसाद आचार्य निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष थापाले परिषद्लाई बौद्धिक र वैचारिक रूपमा सुदृढ बनाउँदै जुम्लाको सामाजिक, आर्थिक र राजनीतिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार