आईतवार, ३ फाल्गुन, २०८२

कर्णाली प्रतिष्ठानका ५८ कर्मचारीको माग: सरकारी कर्मचारी बराबर सेवा सुविधा हुनुपर्छ

विगतमा भएको सहमति अनुसार बाँकी स्थायी कर्मचारीहरूको बढुवा प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति भए पनि कार्यान्वयनमा अवरोध सिर्जना भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका स्थायी शिक्षक तथा कर्मचारीहरू स्थायी बढुवा प्रक्रियाको कार्यान्वयन नभएको भन्दै आक्रोशित भएका छन्।

उनीहरूले विगत लामो समयदेखि आफ्नो पदोन्नति र स्तरवृद्धिको लागि कानूनी उपचार खोज्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा पुगेको बताएका छन्।

अदालतले कर्मचारीको पक्षमा आदेश जारी गरे तापनि प्रतिष्ठानका पदाधिकारीहरूबाट आदेशको पालना नभएपछि शिक्षक र कर्मचारीहरूले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

विगतमा भएको सहमति अनुसार बाँकी स्थायी कर्मचारीहरूको बढुवा प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति भए पनि कार्यान्वयनमा अवरोध सिर्जना भएको छ।

प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्रीको उपस्थिति हुने आगामी दीक्षान्त समारोहको अवसरमा कर्मचारीका समस्या समाधान गर्ने प्रतिबद्धता भए तापनि अन्तत पदाधिकारीले सहमति भंग गरेको आरोप लगाउँदै आन्दोलनरत कर्मचारीहरू निराश भएको बताइएको छ।

आन्दोलनरत कर्मचारीहरूले २०८१ कार्तिक २३ गते बैठक बसी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्।

उनीहरुले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी दिनमा थप कडा विरोध कार्यक्रम गर्ने चेतावनी एका छन् भने २४ घण्टे अल्टिमेटमसमेत जारी गरेका छन्।

यदि सो अल्टिमेटममा पनि सुनुवाइ नभए, प्रतिष्ठानको प्रशासनमा तालाबन्दी गर्दै अस्पतालबाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्।

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले राज्यका वरिष्ठ पदाधिकारी र कर्णाली प्रदेशको समन्वय समितिलाई आफ्नो मुद्दाको सहजीकरणका लागि आग्रह गर्दै प्रतिष्ठानको विकासमा राज्यले संवेदनशीलता देखाउन विज्ञप्ति मार्फत अपिल गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार