बिहीबार, ३ मंसिर, २०८३

भोटेकोशी बाढी प्रभावित क्षेत्रकाे सरसफाइ अभियानमा तिब्रता

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा घर सरसफाइ अभियान सञ्चालन गरिएको छ। असोज २१ गतेदेखि सुरु भएको अभियानमार्फत हालसम्म १४ वटा घरको सरसफाइ कार्य सम्पन्न गरिएएको छ।

बाढीका कारण घरभित्र माटो, लेदो तथा फोहोर थुप्रिएपछि प्रभावित परिवारलाई घर सफा गर्न कठिनाइ भएको थियो। आर्थिक अभावका कारण आफैँ सरसफाइ गर्न नसक्ने अवस्थामा रहेका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघसंस्थाको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।

अभियानमा सुरुवातमा २२ देखि २५ जना श्रमिक परिचालन गरिएकोमा पछिल्लो समयमा दैनिक दुई सय जनासम्म श्रमिक परिचालन गरिएको अभियानमा स्वयंसेवकका रूपमा कार्यरत नबिन्द्र अर्यालले जानकारी दिई। चाडपर्वका कारण केही समय रोकिएको अभियान पुनः सञ्चालनमा आएको छ।

हाल थप २२ देखि २३ वटा घरमा सरसफाइको काम भइरहेको छ भने अझै ८ देखि १० वटा घरमा काम गर्न बाँकी रहेको जनाइएको छ।

बाढीबाट घरभित्रका सामानसमेत भिजेर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको र सरसफाइमा करिब डेढ लाख रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेको स्थानीय घरधनी इन्द्रावती नेपालले बताइन्। संस्थाहरूको सहयोगमा घर तथा सामान सफा गर्न पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको भन्दै उनीहरूले सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।

अभियानमा परिचालित प्रत्येक श्रमिकले दैनिक एक हजार १० रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ। एक प्रतिशत कर कट्टीपछि श्रमिकले दैनिक ९९९ रुपैयाँ ९० पैसा प्राप्त गर्नेछन्।

रेन (RAIN), स्टार्ट फन्ड नेपाल, सोसेक नेपाल, इस्लामिक रिलिफ नेपाललगायतका संस्थाको सहकार्य तथा यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ।

बाढी प्रभावित घरहरूको सरसफाइ तथा व्यवस्थापन गरी प्रभावित परिवारलाई पुनःस्थापना र सामान्य जनजीवनमा फर्काउन सहयोग पुर्‍याउने अभियानको उद्देश्य रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार