बिहीबार, १८ भाद्र, २०८३

जन्मदिनको खर्च कटाएर जुम्लाका प्रशान्त घर्तीद्वारा विद्यालयलाई ५० हजारको शैक्षिक सामग्री सहयोग​


चन्दननाथ नगरपालिका–१० गैरागाउँका प्रशान्त कुमार घर्तीले आफ्नो जन्मदिनको अवसरमा स्थानीय विद्यालयका बालबालिकाहरूलाई करिब ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेका छन्।

घर्तीले गाउँकै श्री कार्तिक स्वामी आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक स्टेशनरी सामग्री वितरण गरेका हुन्।

​विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बालबालिकाहरूलाई प्रतिविद्यार्थी २ दर्जन कापी, १ दर्जन कलम तथा पेन्सिललगायतका सामग्रीहरू हस्तान्तरण गरिएको उनका बुबा नर बहादुर घर्तीले जानकारी दिए।

उनका अनुसार जन्मदिनमा गरिने अनावश्यक फजुल खर्चलाई सदुपयोग गर्दै ग्रामीण क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

​आमा सरस्वती राना क्षेत्री घर्ती र बुबा नर बहादुरका जेठा छोरा प्रशान्त निकट भविष्यमै पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनका लागि जर्मनी जाँदैछन्।

उनी जर्मनीस्थित प्रतिष्ठित ‘राइन-वाल युनिभर्सिटी अफ एप्लाइड साइन्सेज’ ‘एमपिएम’ अध्ययनका लागि जान लागेका हुन्। विदेश प्रस्थान गर्नुअघि उनले आफ्नो जन्मदिनको खुसी गाउँकै बालबालिकासँग बाँडेका हुन्।

​शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए भने विद्यालय परिवारले घर्तीको शैक्षिक सफलता एवं उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार