मंगलवार, ९ भाद्र, २०८३

आज जुम्लामा ‘लालीबजार’को च्यारिटी सो हुँदै

जुम्लामा चलचित्र लालीबजारको च्यारिटी सो भाद्र ९ गतेदेखि सञ्चालन हुने भएको छ। चलचित्रको प्रिमियर सो भने आज बिहान ११ बजे जुम्ला उद्योग वाणिज्य संघको हलमा हुने आयोजकले जनाएको छ।

षट्कोण आर्ट्सको निर्माणमा बनेको ‘लालीबजार’ निर्देशक तथा पटकथाकार यम थापाको कथामा आधारित चलचित्र हो। चलचित्रमा बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीबीचको सम्बन्ध, संघर्ष तथा सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा स्वस्तिमा खड्कासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, अभय बराल, मुकुन्दकुमार श्रेष्ठ, प्रेम पाण्डे, आशा पौडेल र गोविन्द सुनारलगायत कलाकारको अभिनय रहेको छ। स्वस्तिमा खड्काले चलचित्रमा बादी महिला ‘मधुवाला’को भूमिका निर्वाह गरेकी छन्।

भाद्र ९ गतेदेखि सञ्चालन हुने च्यारिटी सोमार्फत स्थानीय दर्शकले चलचित्र हेर्न सक्नेछन्। चलचित्रको प्रदर्शनसँगै सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्रलाई दर्शकमाझ पुर्‍याउने उद्देश्यसमेत रहेको बताइएको छ।

चलचित्रका कलाकार गोविन्द सुनारले जुम्लावासीलाई च्यारिटी सोमा सहभागी भएर चलचित्र हेर्न तथा कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्। आज बिहान ११ बजे उद्योग वाणिज्य संघको हलमा हुने प्रिमियर सोमा चलचित्रप्रेमी तथा स्थानीय दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार