शुक्रबार, १ श्रावण, २०८३

तातोपानी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट सर्वसम्मत पारित

जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको ५४ करोड २८ लाख ८ हजार रुपैयाँको बजेट गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा पारित गरेको छ।

बजेटमाथिको छलफलमा विभिन्न वडाध्यक्षहरूले योजना कार्यान्वयन प्रभावकारी बनाउन, सेवा प्रवाहलाई थप चुस्त बनाउने तथा योजना निर्माण र भुक्तानी प्रक्रियालाई सरल र छिटो बनाउनुपर्ने धारणा राखेका थिए।

छलफलपछि गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बजेट निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको घोषणा गरे।

कुल बजेटमध्ये चालुतर्फ ३५ करोड ५८ लाख ८८ हजार (६५.५७ प्रतिशत) र पुँजीगततर्फ १८ करोड ६९ लाख २० हजार रुपैयाँ (३४.४३ प्रतिशत) विनियोजन गरिएको छ।

कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, खानेपानी, सरसफाइ, रोजगार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका प्राथमिकताका क्षेत्रमा बजेट केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष चौलागाईंले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच समन्वय आवश्यक रहेको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार