शुक्रबार, १ श्रावण, २०८३

तातोपानी गाउँपालिकामा ४४ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन

जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्षभरिमा ४४ लाख ४७ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्न सफल भएको छ। गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा योजना शाखा प्रमुख ओमबहादुर चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा गाउँपालिकाको राजस्व सङ्कलनको अवस्था सार्वजनिक गरिएको हो। प्रतिवेदनअनुसार गाउँपालिकाले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउँदै स्थानीय आय वृद्धि गर्ने प्रयासलाई निरन्तरता दिएको जनाएको छ। सार्वजनिक गरिएको […]

तातोपानी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट सर्वसम्मत पारित

जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको ५४ करोड २८ लाख ८ हजार रुपैयाँको बजेट गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा पारित गरेको छ। बजेटमाथिको छलफलमा विभिन्न वडाध्यक्षहरूले योजना कार्यान्वयन प्रभावकारी बनाउन, सेवा प्रवाहलाई थप चुस्त बनाउने तथा योजना निर्माण र भुक्तानी प्रक्रियालाई सरल र छिटो बनाउनुपर्ने धारणा राखेका थिए। […]

उच्च अदालत सुर्खेत, जुम्ला इजलासको वार्षिक समीक्षा सम्पन्न

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अदालतले वर्षभर सम्पादन गरेका न्यायिक तथा प्रशासनिक गतिविधिबारे जानकारी दिएको हो। अदालतका अनुसार आव २०८२/८३ मा दर्ता भएका ३३६ मुद्दामध्ये ३२१ वटा फर्छ्योट भएका छन् भने १५ वटा मुद्दा बाँकी छन्। यससँगै मुद्दा फर्छ्योट दर ९५.५३ […]

बालेन सरकारलाई सुझाव, ‘कुरा सबैको सुनौं, निर्णय आफ्नो गरौं’

बालेनले रविको सहमति खोज्ने होइन । रवि होइन, बालेन प्रधानमन्त्री हो । देशको लागि के ठीक छ, के गलत ? यो बालेनले निर्णय गर्ने हो । रास्वपाले २०७९ को निर्वाचनमा जम्मा २१ सिट जितेको हो । बालेनकै कारणले गत फागुन २१ गतेको निर्वाचनमा १८२ सिट आयो । ससाना लापरवाही र कमजोरीले राज्यलाई कति घाटा भइरहेको […]

प्रदेश खारेजी : केन्द्रिकृत शासकीय मानसिकताको प्रतिबिम्ब

सफल संघीय मुलुकहरू, जर्मनी, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्यान्ड, भारत तथा संयुक्त राज्य अमेरिकामा पनि संघीय प्रणाली प्रारम्भिक चरणमै पूर्ण रूपमा सफल भएको थिएन। समयसँगै कानुनी सुधार, संस्थागत क्षमता विकास, स्पष्ट अधिकार बाँडफाँट र राजनीतिक परिपक्वताका माध्यमबाट संघीयता बलियो बनाइएको हो। नेपालले लामो राजनीतिक संघर्ष, जनआन्दोलन, समावेशी आन्दोलन र संविधानसभाको कठिन यात्रापछि संविधान २०७२ मार्फत संघीय लोकतान्त्रिक […]

ताजा समाचार