शुक्रबार, १ श्रावण, २०८३

उच्च अदालत सुर्खेत, जुम्ला इजलासको वार्षिक समीक्षा सम्पन्न

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अदालतले वर्षभर सम्पादन गरेका न्यायिक तथा प्रशासनिक गतिविधिबारे जानकारी दिएको हो।

अदालतका अनुसार आव २०८२/८३ मा दर्ता भएका ३३६ मुद्दामध्ये ३२१ वटा फर्छ्योट भएका छन् भने १५ वटा मुद्दा बाँकी छन्। यससँगै मुद्दा फर्छ्योट दर ९५.५३ प्रतिशत पुगेको अदालतले जनाएको छ। बाँकी सबै मुद्दा एक वर्ष ननाघेका नयाँ प्रकृतिका हुन्।

अदालतले निवेदन व्यवस्थापन, मेलमिलाप केन्द्र, वैतनिक कानुनी सेवा, कारागार अनुगमन, कानुनी परामर्श तथा अभिलेख व्यवस्थापनलगायत सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाएको छ। डिजिटल अभिलेखीकरणलाई प्राथमिकता दिइए पनि सबै अभिलेख अद्यावधिक गर्न बाँकी रहेको उल्लेख गरिएको छ।

भौतिक पूर्वाधारको अभाव, पर्याप्त इन्टरनेट ब्यान्डविथको कमी, सोलार प्रणालीको क्षमता विस्तार तथा स्थानीय तहसँग थप समन्वय आवश्यक रहेको अदालतले प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। न्याय सम्पादनलाई अझ पारदर्शी, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता पनि अदालतले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार