जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले बताए।
उनका अनुसार आइतबार राति ११ बजे तातोपानी गाउँपालिका–७ निवासी ४३ वर्षीया एकक महिलाको घरमा पाहुना बस्न आएका तिला गाउँपालिका–३ निवासी ३६ वर्षीय हरीबहादुर घर्तीले महिलालाई खाना पकाइरहेको अवस्थामा एक्कासी भान्सा कोठामा प्रवेश गरी जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए।
पीडित महिलाले प्रतिकार गरेपछि स्थानीयको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय जुम्लाले आरोपि विरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालले जानकारी दिएका छन्।















