जुम्लामा जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले बताए। उनका अनुसार आइतबार राति ११ बजे तातोपानी गाउँपालिका–७ निवासी ४३ वर्षीया एकक महिलाको घरमा पाहुना बस्न आएका तिला गाउँपालिका–३ निवासी ३६ वर्षीय हरीबहादुर घर्तीले महिलालाई खाना पकाइरहेको अवस्थामा एक्कासी भान्सा कोठामा प्रवेश गरी जबरजस्ती करणी गर्ने […]
जंगली बँदेलसँग क्रस गराएका बंगुर र बदलिएको धर्मजित बस्नेतको जीवन

आज लाखौँ नेपाली युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका बेला जुम्लाको नापानीका धर्मजित बस्नेतले आफ्नै गाउँमा श्रम, नवीन सोच र दृढ इच्छाशक्तिका बलमा सफलता सम्भव रहेको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। उनको पौरखले अवसर विदेशमा मात्र होइन, आफ्नै गाउँघरका पाखा, भीर र जंगलमै पनि लुकेका हुन्छन् भन्ने सन्देश दिएको छ। जुम्लाको दुर्गम अनि मनोरम भूगोल। […]
सिंजा सभ्यता चिनाउन उदेश्यले वृत्तचित्र निर्माण

सिंजा जुम्लाको सम्पत्ति मात्र नभई सिङ्गो नेपाल र नेपाली भाषी समुदायको साझा गौरव हो। नेपाली भाषाको मुहान, खस सभ्यताको केन्द्र र राष्ट्रिय पहिचानको आधारभूमिका रूपमा रहेको यस क्षेत्रलाई संरक्षण गर्नु आजको आवश्यकता मात्र होइन, भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक सिंजा उपत्यका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवले भरिएको क्षेत्र […]
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा

डेराबहालको मतबाट चुनिएका सांसदहरु उनीहरुका निम्ति बोल्दैनन् । अहिलेसम्म कुनै पनि सांसदले सदनमा डेराबहालको हकका निम्ति आवाज उठाएको पाइँदैन । कुनै सांसदले घरभाडा निर्धारण गर्नुपर्छ भन्दैनन् । सांसदहरुले डेराबहालको पीडा नदेखेका हुन् कि उनीहरु पनि घरधनी भएकोले चुपचाप बसेका हुन् ? प्रश्न उठेको छ । हरेक जिल्लाबाट जनप्रतिनिधि (सांसद) चुनिएका छन् । उनीहरुले जनताले तिरेको […]

