शनिबार, १३ असार, २०८३

हिमा गाउँपालिकामा चौथो पढाई मेला हुँदै


जुम्लाको हिमा गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो पढाई मेला हुने भएको छ। “शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षा प्रेमीहरूको भेला, हिमाको शैक्षिक सुधारका लागि चौथो पढाई मेला” भन्ने मूल नाराका साथ यस वर्षको मेला आयोजना गर्न लागिएको हो।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले दिएको जानकारी अनुसार, मेला असार १३, १४ र १५ गते गरी तीन दिनसम्म सञ्चालन हुनेछ।

अध्यक्ष शाहीले पालिकाको समग्र शैक्षिक स्तरलाई थप सुदृढ बनाउन, बालबालिकाहरूमा पठन संस्कृतिको विकास गर्न र शिक्षा क्षेत्रका समसामयिक चुनौतीहरूलाई सरोकारवालाहरूसँगै बसेर समाधान खोज्न यो मेला कोसेढुङ्गा सावित हुने बताए।

उनका अनुसार मेला अवधिभर विद्यार्थीहरूका सिर्जनात्मक क्षमताको प्रदर्शन, शिक्षक-अभिभावक संवाद र सिकाइ सामग्रीहरूको प्रदर्शनी समेत गरिनेछ।

हिमा गाउँपालिका, जुम्लाको मुख्य आयोजनामा संचालन भइरहेको यस चौथो पढाई मेलालाई कालिका माध्यमिक विद्यालय, जुम्लाले सहजीकरण गरिरहेको छ। त्यस्तै, मेलाको मिडिया पार्टनरका रूपमा कुटीरो डट कम रहेको छ।

तीन दिनसम्म चल्ने यस मेलामा गाउँपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार