बुधबार, १० असार, २०८३

पद गुमाएपछि पालिकाको गाडी फिर्ता गरे, गुठीचौरका अध्यक्ष बुढाले

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले पद रिक्त भएको औपचारिक सूचना सार्वजनिक भएपछि गाउँपालिकाको सरकारी गाडी फिर्ता गरेका छन्।

गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढाका अनुसार अध्यक्ष बुढाले आफूले प्रयोग गर्दै आएको गाउँपालिकाको सवारी साधन तथा कार्यालयसँग सम्बन्धित जिम्मेवारीहरू नियमानुसार फिर्ता गर्ने प्रक्रिया सुरु गरेका हुन्।

निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित भएर पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बुढाको पद राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्थाअनुसार स्वतः रिक्त भएको सूचना प्रकाशित गरेपछि उनले पालिकाको गाडी कार्यालयलाई बुझाएका हुन्।

प्रमुख प्रशासकीय अधिकृतले पद रिक्त भएसँगै गाउँपालिकाको प्रशासनिक तथा दैनिक सेवा प्रवाह नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए। उनले कानुनबमोजिम आगामी प्रक्रिया सम्बन्धित निकायबाट अगाडि बढ्ने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार