बुधबार, १० असार, २०८३

रास्वपा सांसदसँग न एजेण्डा न मुद्दा, विपक्षीसँग जुहारी खेल्ने, राष्ट्रघाती अभिव्यक्तिमा पनि ताली पिट्ने !

सदनको एउटा मर्यादा छ । जुन सबैले पालना गर्नुपर्छ । सदन भनेको जनताको प्रतिनिधित्व गर्ने थलो हो । त्यहाँ सांसद कसरी प्रस्तुत हुन्छन् ? जनताले हेरिरहेका हुन्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भयो । सो निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । काँग्रेसले ८९ सिट ल्याउँदा नेकपा एमालेले ७८ सिटमा […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधि अभाव, बिरामीलाई सास्ती 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा आवश्यक औषधिको अभाव भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। अस्पतालको फार्मेसीमा पर्याप्त औषधि उपलब्ध नहुँदा बिरामीहरूले बाहिरका मेडिकलबाट महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अस्पताल स्रोतका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि टेन्डरमार्फत औषधि खरिद प्रक्रिया अघि बढाइएको भए पनि उक्त प्रक्रियामाथि मुद्दा […]

गुठीचौर गाउँपालिकाको २३औँ गाउँसभा पालिकाकी कार्यवाहक अध्य शान्ति मल्ल भण्डारीको अध्यक्षतामा सुरु

गुठीचौर गाउँपालिकाको २३औँ गाउँसभा कार्यबाहक अध्यक्ष शान्ति मल्ल भण्डारीको अध्यक्षतामा सुरु भएको छ। गाउँपालिकाका निर्वाचित अध्यक्ष दानबहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको हो। निर्वाचन आयोगले सूचना जारी गर्दै बुढा निर्वाचित भएको गाउँपालिका अध्यक्ष पद रिक्त भएको जानकारी दिएको थियो। अध्यक्ष पद रिक्त भएपछि […]

पद गुमाएपछि पालिकाको गाडी फिर्ता गरे, गुठीचौरका अध्यक्ष बुढाले

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले पद रिक्त भएको औपचारिक सूचना सार्वजनिक भएपछि गाउँपालिकाको सरकारी गाडी फिर्ता गरेका छन्। गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढाका अनुसार अध्यक्ष बुढाले आफूले प्रयोग गर्दै आएको गाउँपालिकाको सवारी साधन तथा कार्यालयसँग सम्बन्धित जिम्मेवारीहरू नियमानुसार फिर्ता गर्ने प्रक्रिया सुरु गरेका हुन्। निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित भएर पछि राष्ट्रिय […]

वैकल्पिक सडक समेत बन्द हुँदा पातारासीबीसीलाई सदरमुकाम पुग्न सास्ती, सडक सञ्चालनबारे निकाय र स्थानीयबीच मतभेद

पातारासी गाउँपालिकालाई सदरमुकामसँग जोड्ने दुवै प्रमुख सडक एकैपटक बन्द हुँदा स्थानीय बासिन्दा, बिरामी, यात्रु तथा व्यवसायीहरू गम्भीर समस्यामा परेका छन्। जुम्ला विमानस्थल नजिक पातारासी सडकखण्ड ढलान निर्माण कार्यका कारण बन्द रहेको छ भने आचार्य–जारिम हुँदै जाने वैकल्पिक सडक पनि निर्माण कार्यकै कारण अवरुद्ध बनेको छ। दुवै सडक एकैपटक बन्द हुँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको […]

ब्रेकिङ : रास्वपा प्रवेश गरेका गुठीचौरका गाउँपालिका अध्यक्ष दानबहादुर बुढाको पद गयो

नेपाली कांगेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै बुढा निर्वाचित भएको पद रिक्त भएको जानकारी दिएको हो। ​निर्वाचन आयोगका अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा […]

ताजा समाचार