मंगलवार, २ असार, २०८३

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछु गाउँ नजिक कर्णाली राजमार्ग अन्तर्गतको सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार क १ त १४ नम्बरको ट्याक्टर मंगलबार साँझ करिब ६ बजे तातोपानी गाउँपालिका–३ को खोलासडा भन्ने स्थानमा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

‘दुर्घटनामा परी तिला गाउँपालिका–४ निवासी ३५ वर्षीय खर्बेन्द्र शाहीको मृत्यु छ भने तिला गाउँपालिका–४ नुवाकोट निवासी ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते हुनु भएको छ।’

डीएसपी दाहलका अनुसार ट्याक्टर जुम्ला बजारबाट सामान लिएर तिला गाउँपालिका–४ नुवाकोटतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो। उक्त ट्याक्टरका साहु वीरबहादुर शाही रहेका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार