सोमबार, ७ बैशाख, २०८३

नेपाल वायुसेवा निगमको जुम्ला शाखामा तालाबन्दी: अनियमित उडानले मर्कामा बिरामी

नेपाल वायुसेवा निगमले नियमित उडान नगर्दा जुम्ला विमानस्थलमा तनाव उत्पन्न भएको छ। उडान अनिश्चित बनेपछि आक्रोशित यात्रुहरूले निगमको जुम्ला कार्यालयमा ताला लगाएका छन्।

विमानस्थलमा हप्तौँदेखि जहाज कुरिरहेका सिकिस्त बिरामीहरूको अवस्था निकै दयनीय बनेको छ। डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाकी भगवती रोकाया स्तनको शल्यक्रिया गरेर थप उपचारका लागि काठमाडौँ जाने प्रतिक्षामा नौ दिनदेखि विमानस्थल धाइरहेकी छन्।

त्यस्तै, जुम्ला तातोपानी-४ की गर्भवती संगीता सार्की एक हप्तादेखि जहाज कुरिरहेकी छन्। चन्दननाथ नगरपालिकाका काली बहादुर रावल लगायत अन्य दर्जनौँ बिरामीहरू टिकट पाएर पनि उडान नहुँदा छटपटिन बाध्य छन्।

समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले तदारुकता देखाएको छ। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले अहिले नै नेपाल वायुसेवा निगम र सरोकारवाला पक्षसँग छलफल गरी उडान सुचारु गराउन पहल भइरहेको जानकारी दिए।

विमान सेवा अवरुद्ध हुँदा कर्णालीका विकट जिल्लाका जनताले ज्यान जोखिममा राखेर महँगोमा निजी जहाज वा कठिन सडक यात्रा रोज्न बाध्य भएको स्थानीयको गुनासो छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार