चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा मंगलबार प्रि-क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगितामा मंगलबार चार खेल सम्पन्न भएका हुन्।
आज भएको पहिले खेलमा आयोजक (बी) र एन डब्लु (डिसी) बीच खेल हुँदा एन डब्लु (डिसी) पेनाल्टी मार्फत विजय भएको छ। उक्त टिमका खेलाडी दिलीपले म्यान अफ द म्याज भएका छन्।
त्यस्तै आज भएको दोस्रो खेलमा जनसेवा युवा क्लब (ए) र घोगेसिम युवा क्लबबीच खेल हुँदा गोल बराबरी भएको थियो। पछि पेनाल्टी मार्फत घोगेसिम युवा क्लब विजय भएको हो। उक्त क्लबका खेलाडी दर्पण खत्री म्यान अफ द म्याज भएका हुन्।
त्यस्तै तेस्रो खेलमा लेकाली युवा क्लब (ए) चन्दननाथ ४ टिमको खेल हुँदा लेकाली युवा क्लब(ए) ०-४ गोलको अन्तरले विजय भएको छ। लेकाली युवा क्लब (ए)का खेलाडी अमेस शाही म्यान अफ द् म्याज भएका हुन्
आजको अन्तिम खेलमा बिहानी युवा क्लब र तातोपानि २ को टिमबिच प्रतिस्पर्धा हुँदा खेल गोल रहित बराबरी हुँदा अन्ततः पेनाल्टी सुट्आउट मार्फत् बिहानी युवा क्लब विजय भएको हो। बिहानी युवा क्लबका अबिशेक खत्री म्यान अफ द् म्याज भएका थिए।
खेलको नियमित तालिका अनुरुप नै भोलि पनि चार खेल हुने फुटबल आयोजनाका मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।















