शुक्रबार, ७ कार्तिक, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सुरु

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार, स्नातकतर्फ बिपिएचमा ३८, बिएमएसमा १३, र स्नातकोत्तरतर्फ एमडीजीपी, एमडी एनेस्थेसिया, र एमडी पेडियाट्रिक्समा ७ विद्यार्थी दीक्षित हुने तयारीमा छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सुरु भएको छ। प्रतिष्ठानको यो ऐतिहासिक समारोहले कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा नयाँ उचाइ दिन अपेक्षा गरिएको छ।

यसअघि भदौ २३ मा आयोजना गर्न तय गरिएको यो कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताको कारण स्थगित गरिएको थियो।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अन्जनीकुमार झा, तथा हार्वर्ड मेडिकल कलेजका निर्देशक क्रिस्टिन मसेंगरको उपस्थिति रहेको छ।
प्रतिष्ठानका उपकुलपति रावलले यो दीक्षान्त समारोहले कर्णाली प्रदेशको स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्रका विभिन्न स्नातक र स्नातकोत्तर तहका ५८ विद्यार्थी दीक्षित हुनेछन्।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार, स्नातकतर्फ बिपिएचमा ३८, बिएमएसमा १३, र स्नातकोत्तरतर्फ एमडीजीपी, एमडी एनेस्थेसिया, र एमडी पेडियाट्रिक्समा ७ विद्यार्थी दीक्षित हुने तयारीमा छन्।

प्रधानमन्त्री ओलीले समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

समारोहपछि हुने सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे छलफल हुने रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार