शिक्षामा नयाँ अभ्यास गरिरहेको हिमाको चौथो पढाइ मेला सकियो : नेत्रज्योति मावि कालिका आवि बने पहिलो

हिमा गाउँपालिकाले शिक्षा केवल कक्षाकोठाभित्र सीमित विषय होइन, सिर्जनशीलता, विज्ञान, संस्कृति, नेतृत्व, प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वसँग जोडिएको जीवनपयोगी प्रक्रिया हो भन्ने सन्देश चौथो पढाइ मेलामार्फत फेरि एकपटक स्थापित गरेको छ। दुई दिनसम्म सञ्चालन भएको मेलाको समग्र मूल्याङ्कनमा वडा नम्बर–२ ओदीस्थित नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय प्रथम बन्दै लगातार चौथोपटक उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ। […]
सडक सुरक्षा र दुर्घटना उद्धारबारे सशस्त्र प्रहरीलाई जनचेतनामूलक प्रशिक्षण

सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा दुर्घटनापछि गरिने उद्धार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्रास्थित श्री सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण त्रिपुरामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा कार्यालय प्रमुख जगत कठायत तथा प्रहरी सहायक हवल्दार दिपक खत्री सहितको टोलीले सशस्त्र प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूलाई सुरक्षित सवारी सञ्चालन, सडक दुर्घटनाबाट बच्ने उपाय, […]
सुनमाया बुढाले इटालीमा बनाएको किर्मिमानीलाई लिएर काँग्रेस सभापति गगन थापाले दिए, बधाई

नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेकोमा हार्दिक बधाई तथा शुभकामना दिएका छन्। सभापति थापाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै इटालीको कोर्टिना द’आम्पेज्जोमा सम्पन्न ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल १२० के प्रतियोगितामा सुनमाया बुढाले १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै […]
इटालीमा जुम्लाका सुनमाया बुढाले १३ वर्ष पुरानो रेकर्ड तोड्दै जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि

जुम्लाकी अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन् । यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ मा १३ […]
पढाइ मेलाबाट शैक्षिक रूपान्तरणको सन्देश : शिक्षा, सिर्जना र प्रतिस्पर्धाको नयाँ अध्याय

पढाइ मेला आयोजना गरि हिमा गाउँपालिकाले शिक्षा कक्षाकोठामा सीमित नराखि सिर्जना, विज्ञान, संस्कृति, प्रतिस्पर्धा, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर नयाँ पुस्तालाई भविष्यका लागि तयार पार्ने अभियान अघि बढाइरहेको सन्देश दिन सकेको छ। हिमा गाउँपालिकाको ऐतिहासिक तथा शैक्षिक धरोहरका रूपमा परिचित कालिका माध्यमिक विद्यालय, तलिकुडुको प्राङ्गण शुक्रबार बिहान ११ बजेदेखि उत्सवमय बनेको थियो। बाजागाजा, फूलमाला र […]
हिमाको पढाई मेलाले समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थप्नेछ

आज हिमाको ऐतिहासिक र यो पवित्र स्थल कालिका मावि, तलिकुको यो प्राङ्गणमा हामीले चौथो पढाई मेला कार्यक्रम सञ्चालन गरेका छौँ। त्यो ऐतिहासिक कार्यक्रम सञ्चालन गर्नका लागि अहोरात्र खट्नुहुने यो विद्यालय परिवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय केवल बहादुर शाही, प्रधानाध्यापक, सम्पूर्ण शिक्षकहरू, सम्पूर्ण विद्यार्थीहरू र सम्पूर्ण अभिभावकज्यूहरू धन्यवादको पात्र हुनुहुन्छ। तपाईँहरूलाई हिमा गाउँपालिका परिवार हार्दिक […]





