आईतवार, १४ असार, २०८३

सुनमाया बुढाले इटालीमा बनाएको किर्मिमानीलाई लिएर काँग्रेस सभापति गगन थापाले दिए, बधाई

नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेकोमा हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

सभापति थापाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै इटालीको कोर्टिना द’आम्पेज्जोमा सम्पन्न ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल १२० के प्रतियोगितामा सुनमाया बुढाले १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाधि जित्नु असाधारण उपलब्धि भएको उल्लेख गरेका हुन।

यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ मा १३ घण्टा ४० मिनेट ३४ सेकेन्डमा लक्ष्य पूरा गर्दै रेकर्ड राखेकी थिइन्।

उनले जुम्लाको पातारासीबाट विश्व मञ्चसम्म पुगेको सुनमायाको यात्रा सम्पूर्ण नेपालीका लागि प्रेरणादायी कथा बनेको बताएका छन्। ‘सुनमायाको अथक मेहनत, दृढ संकल्प र निरन्तर संघर्षले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई नयाँ पहिचान दिलाएको उल्लेख गर्दै यो सफलताले सिङ्गो देशलाई गौरवान्वित बनाएको छ,’ उनले भनेका छन्।

सभापति थापाले आफ्नो सन्देशमा सुनमाया बुढाको ऐतिहासिक उपलब्धिप्रति हार्दिक सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना समेत दिएका छन्।

सुनमायाको यो जित नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। प्रतिष्ठित ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल १२० के प्रतियोगितामा नयाँ कोर्स रेकर्ड कायम गर्दै उपाधि जितेपछि उनको सफलताले नेपालसहित विशेषगरी कर्णाली र जुम्लावासीमा गर्वको अनुभूति गराएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार