सोमबार, १५ असार, २०८३

सडक सुरक्षा र दुर्घटना उद्धारबारे सशस्त्र प्रहरीलाई जनचेतनामूलक प्रशिक्षण

सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा दुर्घटनापछि गरिने उद्धार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्रास्थित श्री सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण त्रिपुरामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा कार्यालय प्रमुख जगत कठायत तथा प्रहरी सहायक हवल्दार दिपक खत्री सहितको टोलीले सशस्त्र प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूलाई सुरक्षित सवारी सञ्चालन, सडक दुर्घटनाबाट बच्ने उपाय, दुर्घटना न्यूनीकरणका उपाय तथा दुर्घटना भएपछि घाइतेको तत्काल उद्धार र प्राथमिक उपचारका आधारभूत विषयमा जानकारी गराएका थिए।

कार्यक्रमका प्रशिक्षकहरूले सडक दुर्घटना न्यूनीकरणमा सचेतना, ट्राफिक नियमको पालना र समयमै उद्धार कार्यको महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले सुरक्षाकर्मीको क्षमता अभिवृद्धि हुनुका साथै आम नागरिकको जीवनरक्षा गर्न समेत महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम सहभागीहरूले उपयोगी र प्रभावकारी रहेको बताएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार