सोमबार, २५ श्रावण, २०८३

कविता : गाउँसभाको झोला

गाउँसभा तिर उक्लिँदै छ एउटा झोला,काँधमा गाउँको नाम बोकेझैँ देखिन्छ।भित्र हेर्दा, त्यो गाउँको होइन,आफ्नै आसेपासेको नक्सा भरिएको छ।उसका शब्दमा विकासका गीत छन्, सुरहरू आफ्नै आँगनमा बजिरहेका छन्।उसले सुनाउँछ समृद्धिका कथा ।पात्रहरू सधैँ आफ्नै मान्छे हुन्छन्।निमुखाको आँसु उसलाई देखिँदैन,अशक्तका चर्किएका हातहरू पढिँदैनन्। उसका आँखामा आसेपासेकाइच्छा मात्र उज्याला हुन्छन्अरूका सपना भने अँध्यारो कुनामाथन्किएका हुन्छन् । उसले नीति […]

चीनको चेन्दु ट्रेलमा जुम्ली छोरी राममायाको ऐतिहासिक सफलता, ६० किमि दौडमा प्रथम

जुम्ला पातारासी गाउँपालिका–२ पेरेगाउँकी धाविका राममाया बुढाले चीनमा आयोजित चेन्दु ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै महिला ६० किलोमिटर दौडतर्फ पहिलो स्थान हासिल गरेकी छन्। उनको यो उपलब्धिलाई नेपाली महिला खेलाडीको क्षमता र आत्मविश्वासको प्रतीकका रूपमा हेरिएको छ। शनिबार सम्पन्न चेन्दु ट्रेल पावर्ड बाइ टिसाइगुअन्तर्गतको प्रतिस्पर्धामा राममायाले ६० किलोमिटर दूरी ६ घण्टा ६ मिनेट ५७ सेकेण्डमा […]

तिला गाउँपालिकामा ५० करोड बढीको बजेट: पूर्वाधारसँगै विपद् व्यवस्थापन र जलवायु उत्थानशीलतामा जोड

जुम्लाको तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ६० लाख ११ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष गोरिकला बुढाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि विकास, सुशासन, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताइन। सीमित स्रोतसाधनका बाबजुद स्थानीय आवश्यकताहरूलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको […]

सिंजा गाउँपालिकाकाको १८ औं गाउँसभा : समृद्धि, संस्कृति र उद्यमशीलतामा जोड

नेपालको इतिहास, भाषा र सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा परिचित सिंजा फेरि एकपटक विकास, समृद्धि र सांस्कृतिक पुनर्जागरणको नयाँ यात्रामा अघि बढ्ने तयारीमा देखिएको छ। खस सभ्यताको उद्गमस्थल मानिने जुम्लाको सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटले स्थानीय आर्थिक विकास, सांस्कृतिक संरक्षण, सामाजिक रूपान्तरण र सुशासनलाई एकैसाथ प्राथमिकतामा राखेको […]

कनकासुन्दरी गाउँपालिकाले ल्यायो ४५ करोडभन्दा बढीको बजेट: कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड १२ लाख ७७ हजार ९ सय ७४ रुपैयाँ बराबरको बजेट अनुमानसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभामा अध्यक्ष दामोदर प्रसाद आचार्यले ‘कनकासुन्दरी गाउँपालिकाको समुन्नतिको आधार : कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार’ भन्ने पञ्चवर्षीय आवधिक योजनाको दूरदृष्टिलाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम प्रस्तुत […]

जागिरको प्रलोभनमा मौलाउँदै ठगी, सरकार कारबाही गर्छ न श्रमिकको पीडा देख्छ !

मुलुकमा बेरोजगारी बढ्दो छ । रोजगारी नहुँदा मानिसहरु भौतारिएर बसेका छन् । भोक भोकै काम खोज्न हिँड्छन् । तर, यसको लाभ सीमित व्यक्ति तथा कम्पनीहरुले उठाइरहेका छन् । बाटोमा हिँडिरहँदा ’कर्मचारी आवश्यकता‘ लेखिएका पोष्टर तथा पर्चा जताततै देखिन्छन् । बत्तीको पोलदेखि घर, स्कुलका भित्तासम्ममा यस्ता पोष्टर र पर्चा टाँसिएका हुन्छन् । जसमा लेखिएको हुन्छ–कर्मचारी आवश्यक, […]

गिडिदहको तेस्रो दिन: रोमाञ्चक यात्रा, सम्झना र सफल समापन

गिडिदह यात्राको तेस्रो दिन हाम्रो टोलीका लागि विशेष, रोमाञ्चक र अविस्मरणीय बन्यो। पत्रकारहरू मानदत्त रावल, नौरते नेपाली, दीपक विक, आकाश सुनार, श्रीकृष्ण सुनार र म लगायतको टोलीले दोस्रो दिनको रात गिडिदहको किनारमै पाल टाँगेर विश्राम गरेका थियौँ। रातको शान्त वातावरणमा केही घण्टा आराम गरेपछि बिहान १:४५ बजे हामी फेरि यात्रामा निस्कियौँ। गिडिदहस्थित धर्मशालाबाट केही तल […]

घरधनीहरुले ह्‌वात्तै बढाए भाडा, डेराबहाल मर्कामा, सरकार घरभाडा तोक्छ न बहाल कर उठाउँछ !

काठमाडौं उपत्यकासहित शहरी इलाकामा घरधनीहरुले लुटतन्त्र मच्याइरहेका छन् । भाडाका नाममा डेराबहाललाई लुट्ने काम भइरहेको छ । दुर्भाग्य, सरोकारवाला निकायलाई मतलब नै छैन । उल्टै भोटका निम्ति घरबहाल कर छुट दिइन्छ । घरधनीहरुले ह्‌वात्तै भाडा बढाएको बजारमा व्यापक गुनासो छ । कोठादेखि फ्‌ल्याट, सटर भाडामा लिई बस्दै वा व्यापार, व्यवसाय गर्दै आएका अधिकांश यही गुनासो […]

ताजा समाचार