मंगलवार, १३ माघ, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल सम्पन्न

पहिलो खेल चन्दननाथ ३ र फोइकालिका (एफ सी) बीच हुँदा चन्दननाथ ३ ले विजयी भएको छ। खेलको दोस्रो हाफमा चन्दननाथ ३ को टीमले ले १ गोल गरेर विजयी भएको हो। चन्दननाथ ३ ले गोल गरेसँगै फोइकालिका (एफसी) को यो प्रतियोगिताको यात्रा सकिएको हो। सेमिफाइनलमा भएकी दोस्रो खेलमा जनसेवा युवा क्लब र घोघेसिम युवा क्लबबीच उत्कृष्ट […]

फेरि पनि सरकारी सम्पत्ति स्वाहा पार्ने र सिन्को नभाँच्ने लाई रोज्ने कि नयाँ खोज्ने, भक्तपुरबासी ?

अहिले भक्तपुरमा घरबाहेक अरू केही देखिँदैन । भक्तपुरमा विश्व सम्पदा सूचीमा परेका धेरै मठमन्दिरहरू छन् । तर, ती सबै २०४६ सालअघिको सरकारले बनाएको हो । जनताको बलमा मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भयो । जब–जब राजनीतिक परिवर्तन भयो, तब–तब चुनाव पनि गरियो । २०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन जनताले ठूलो योगदान गरे । […]

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदै

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुने भएका छन्। आज हुने पहिलो सेमिफाइनलको खेल चन्दननाथ ३ र फोइकालिका युवा क्लबबीच बिहानको ११ बजेबाट सुरु हुनेछ। त्यस्तै आज हुने अर्को सेमिफाइनलको खेल जनसेवा यूवाक्लब र घोघेसिम यूवा क्लबबीच दिउँसोको १ बजे हुने आयोजकले जनाएको छ।

फुटबलको नयाँ रूप : जुम्लामा खेल सँगै सोच पनि बदलिँदै

यतिबेला समग्र जुम्ला फुटबलमय बनेको छ। ४४ क्लबका करिब ६६० खेलाडीले मैदानमा आफ्नो सिप र कला देखाएका छन्। यो प्रतियोगितामा थुप्रै नयाँ खेलाडी देखिए, सदरमुकाममा सीमित फुटबलले समग्र जुम्लाका खेलाडीको प्रतिभा देखाउन सफल भएको छ। जुम्लामा फुटबल केवल खेल मात्र होइन, भावना, उत्साह र गाउँ समुदायको पहिचानको प्रतीक हो। विगतका दिनहरू सम्झिँदा, फुटबलको नाम सुनिँदा […]

ताजा समाचार