जुम्लामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुने भएका छन्।
आज हुने पहिलो सेमिफाइनलको खेल चन्दननाथ ३ र फोइकालिका युवा क्लबबीच बिहानको ११ बजेबाट सुरु हुनेछ।
त्यस्तै आज हुने अर्को सेमिफाइनलको खेल जनसेवा यूवाक्लब र घोघेसिम यूवा क्लबबीच दिउँसोको १ बजे हुने आयोजकले जनाएको छ।















