सोमबार, २४ कार्तिक, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल सम्पन्न

पहिलो खेल चन्दननाथ ३ र फोइकालिका (एफ सी) बीच हुँदा चन्दननाथ ३ ले विजयी भएको छ। खेलको दोस्रो हाफमा चन्दननाथ ३ को टीमले ले १ गोल गरेर विजयी भएको हो।

चन्दननाथ ३ ले गोल गरेसँगै फोइकालिका (एफसी) को यो प्रतियोगिताको यात्रा सकिएको हो।

सेमिफाइनलमा भएकी दोस्रो खेलमा जनसेवा युवा क्लब र घोघेसिम युवा क्लबबीच उत्कृष्ट खेल प्रदर्शन हुँदा जनसेवा युवा क्लब विजयी भएको हो।

जनसेवा युवा क्लबले खेल सुरु भएको दुई मिनेटमै पेनाल्टी पाएपछि एक गोल गर्न सफल भएको थियो। जर्सी नम्बर ७ का खेलाडीले उक्त गोल गरेका थिए भने पछि खेलको दोस्रो हाफमा पनि उनले थप एक गोल गरेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार