बिहीबार, १८ भाद्र, २०८३

अछाम प्रगतिशीलका विद्यार्थीले खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई गरे सहयोग

अछामको मंगलसेन नगरपालिका–१ स्थित प्रगतिशील आधारभूत विद्यालयका बालबालिकाले आफ्नो खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन्।

कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयका विद्यार्थीहरूले घरबाट अभिभावकले खाजाका लागि दिएको रकममध्ये एक दिनको खाजाखर्च बचाएर बाढीपीडितका लागि सहयोग रकम संकलन गरेका हुन्।

विद्यालयका शिक्षक हिम्मतबहादुर रावलका अनुसार विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी विद्यालयमार्फत सहयोगका लागि उपलब्ध गराएका थिए।

विद्यार्थीहरूबाट संकलित रकम नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको उनेले जानकारी दिए।

रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा आफूजस्तै बालबालिका विपद्को मारमा परेको खबर पाएपछि विद्यार्थीहरूले सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए।

प्रभावित बालबालिका तथा परिवारलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले विद्यार्थीहरूले आपसमा रकम संकलन गरेका हुन्।

बालबालिकाको पहलबाट कुल ५ सय ८५ रुपैयाँ संकलन भएको विद्यालयले जनाएको छ। रकम सानो भए पनि सहयोगको भावना र उद्देश्य ठूलो रहेको शिक्षकहरूको भनाइ छ।

सानो उमेरमै विपद्मा परेका नागरिक तथा बालबालिकाप्रति सहानुभूति देखाउँदै आफ्नै खाजाखर्चबाट सहयोग गर्ने प्रगतिशील आधारभूत विद्यालयका विद्यार्थीहरूको कार्यले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

विपद्का बेला सहयोग रकमको आकारभन्दा पनि सहयोग गर्ने भावना महत्वपूर्ण हुने भन्दै विद्यालय परिवारले बालबालिकाको यस पहलप्रति गर्व व्यक्त गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार