मंगलवार, २९ बैशाख, २०८३

तातोपानीमा पूर्ण खोप सुनिश्चितता र सामाजिक रूपान्तरणको अभियान

जुम्लाको तातोपानी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। तातोपानीलाई पूर्ण खोप सुनिश्चित गर्दै निवर्तमान भौतिक पूर्वाधार, वन तथा वातावरण मन्त्री माधव चौलागाईंले सामाजिक कुरिती विरुद्वका सबै हातेमालो गरेर जुट्नु पर्ने बताए।

उनले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणलाई एकैसाथ अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय तहको प्रतिबद्धता र समुदायको सहभागितालाई थप मजबुत बनाउने धारणा राखे

तातोपानी गाउँपालिका र वडा नं. ५ को संयुक्त आयोजनामा २०८३ वैशाख २७ गते सम्पन्न कार्यक्रममा तातोपानी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको हो।

कार्यक्रममातातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले सबै बालबालिकालाई समयमै खोप उपलब्ध गराउने अभियान सफल भएको बताउँदै आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार पूर्ण खोप सुनिश्चितता स्वास्थ्य कार्यक्रम मात्र नभई बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको महत्वपूर्ण अभियान हो।

सहभागीहरूले सामूहिक हस्ताक्षर गर्दै खोप अभियानलाई सफल र दिगो बनाउन सामूहिक प्रतिबद्धता जनाए।

oplus_18

यसै अवसरमा वडा नं. ५ मा ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना, बालविवाह तथा महिनावारी विभेद मुक्त वडा घोषणा सभा’ आयोजना गरिएको थियो।

कार्यक्रममा बालविवाह अन्त्य, सुरक्षित मातृत्व, किशोर–किशोरी स्वास्थ्य तथा महिनावारी सम्बन्धी विभेद न्यूनीकरणका विषयमा सचेतनामूलक देउडा र नाटक प्रस्तुत गरियो।

‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ र ‘परिपक्व उमेरमा गर्भधारण, सुरक्षित जीवनको समाधान’ जस्ता नाराले सहभागीहरूलाई गहिरो सन्देश दिएका थिए।

वडा अध्यक्ष छिरिङ महतले सामाजिक कुरीतिविरुद्ध सामूहिक अभियान आवश्यक रहेको बताए। कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल र कृडाक जुम्लाको सहयोग रहेको थियो।

स्वास्थ्य, शिक्षा र सामाजिक जागरणलाई सँगसँगै अघि बढाउँदै तातोपानी गाउँपालिकाले विकासको नयाँ उदाहरण प्रस्तुत गरेको तातोपानी गाउँपालसकाकी उपाध्यक्ष रेवाती रावलले बताइन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मी, सशस्त्र प्रहरीका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार