शनिबार, १२ बैशाख, २०८३

चन्दननाथमा एआई प्रविधिबाट क्षयरोग स्क्रिनिङ, १ जनामा संक्रमण पुष्टि

चन्दननाथ नगरपालिकामा “क्षयरोग मुक्त पालिका” अभियान अन्तर्गत नविनतम एआई प्रविधि प्रयोग गरी क्षयरोग स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिएको छ। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको यस अभियानमार्फत विभिन्न वडामा सयौँ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो।

वडा नं. ८ अन्तर्गत तलिउम स्वास्थ्य चौकीमा १४९ जनाको परीक्षण गरिएको थियो। तीमध्ये १७ जनाबाट जिनएक्सपर्ट परीक्षणका लागि खकार नमुना संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान को प्रयोगशालामा पठाइएको छ।

त्यस्तै, वडा नं. ४ स्थित शहरी स्वास्थ्य सेवा केन्द्रमा १८२ जनाको परीक्षण गर्दा १३ जनाको खकार नमुना थप परीक्षणका लागि प्रतिष्ठानको ल्याबमा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ।

वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १२५ जनाको परीक्षण गर्दा ९ जनाको नमुना जिनएक्सपर्ट परीक्षणका लागि पठाइएको थियो। तीमध्ये १ जनामा क्षयरोग संक्रमण पुष्टि भएको छ र उपचार प्रक्रिया सुरु गरिएको छ।

स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतका अनुसार एआई प्रविधिको प्रयोगले जोखिमयुक्त व्यक्तिहरूलाई छिटो पहिचान गर्न सहज भएको छ। उनले यस्तो अभियानलाई निरन्तरता दिँदै चन्दननाथ नगरपालिकालाई क्षयरोग मुक्त बनाउने लक्ष्य लिइएको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार