जुम्लामा मेलमिलापकर्ताहरूका लागि तालिम सञ्चालन

चन्दननाथ नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी मेलमिलापकर्ताहरूका लागि तीनदिने तालिम सञ्चालन गरिएको छ। “छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम २०८३ साल वैशाख १२ गतेदेखि १४ गतेसम्म चन्दननाथ नगरपालिकाको सभाहलमा जारी रहेको छ। चन्दननाथ नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समितिको संयोजक रामदेबी खड्काका अनुसार तालिममा स्थानीय तहमा हुने विवाद समाधानलाई […]
प्रथम स्ववियु कपको उपाधि पातारासीलाई

प्रथम स्ववियु कप भलिबल प्रतियोगिताको उपाधि पातारासी गाउँपालिकाले उचालेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पातारासीले तातोपानी गाउँपालिकालाई पराजित गर्दै ट्रफी उचालेको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि अन्ततः पातारासी विजयी बन्न सफल भयो। विजेता पातारासी टिमले १ लाख १ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। […]
जुगाड खोला सरसफाई अभियान तिब्र

जुम्लाको सदरमुकाम क्षेत्रमा सञ्चालन भइरहेको नदी सफाई अभियानले सामाजिक एकता र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ। युवाहरूले सुरु गरेको यो अभियानमा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू पनि सक्रिय रूपमा जोडिएका छन्। हरेक शनिबार सञ्चालन हुने जुगाड खोला सफाई अभियान तेस्रो हप्तामा पनि निरन्तरता पाएको छ। बैशाख १२ गते बिहान सम्पन्न अभियानमा करिब ४० जना […]
चन्दननाथमा एआई प्रविधिबाट क्षयरोग स्क्रिनिङ, १ जनामा संक्रमण पुष्टि

चन्दननाथ नगरपालिकामा “क्षयरोग मुक्त पालिका” अभियान अन्तर्गत नविनतम एआई प्रविधि प्रयोग गरी क्षयरोग स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिएको छ। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको यस अभियानमार्फत विभिन्न वडामा सयौँ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो। वडा नं. ८ अन्तर्गत तलिउम स्वास्थ्य चौकीमा १४९ जनाको परीक्षण गरिएको थियो। तीमध्ये १७ जनाबाट जिनएक्सपर्ट परीक्षणका लागि खकार नमुना […]
सरकारी कर्मचारी सेवामा रहँदा जोड्छन् अकुत सम्पत्ति, अवकाशपछि समेत उत्तिकै पेन्सन र सेवासुविधा !

सेवामा रहँदा धेरैजसो कर्मचारीले भ्रष्टाचार गर्छन् । घुस खान्छन् । अकुत सम्पत्ति जोड्छन् । तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेर राखिएको हुन्छ । बहालावाला कर्मचारीलाई मासिक महँगी भत्ता दिइन्छ । बैठक भत्ता छुट्टै । फिल्ड (अनुगमन) मा गएपनि भत्ता । कर्मचारीलाई कार्यालय आउजाउ गर्न सवारीसाधन दिइन्छ । ड्राइभर र पेट्रोल–डिजेल पनि । भूपू सरकारी कर्मचारी ७४ […]
अनमी सरिता नेशनल सोसल वेलफेयर अवार्डबाट सम्मानित

मुगु सोरु गाउँपालिका —९ कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमि सरिता कुमारी शाहीलाई नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान गरिएको छ । हिजो शुक्रबार काठमाडौं राष्ट्रिय नाचघर सभाहलमा सिजन मिडियाद्धारा आयोजित नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले अनिम सरितालाई नेशनल सोसल वेलफेयर अवार्ड २०२५ सहित सम्मान पत्र […]
