पूर्ख्यौली वृतान्त
खस जातिभित्र बाह्मण, क्षत्री, ठकुरी, दशनामी दलित समूहका मानिसहरू पर्दछन् । नेपालका विभिन्न जाति वो अध्ययन गरेका हडसनले क्षत्री जातलाई झर्रा क्षत्री, ठकुरी, हमाल खत्री भनी वर्गीकण गेका छन् (Hodgson, १९७२ पृ. ३७–४४) । झर्रा क्षत्रीमा ओली, काकी, कुँवर, खडका, थापा, बस्नेत, बानियाँ, विष्ट, बुढा, बोगटी, बोहोरा, महत, राउत, रावल, सिंजापति पर्दछन भने ठकुरीमा कल्याल, खाँड, चन्द, पाल, बम, मल्ल, शाह, शाही, सिंह आदि थरका मानिसहरू पर्दछन् ।
१. विषय प्रवेश
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले युक्त दक्षिण एशियाली राष्ट्रको रुपमा परिचित छ । नेपालमा विद्यमान सांस्कृतिक, पर्यावरणीय तथा जैविक विविधता अनुरुपकै भाषिक विविधता पनि छ । नेपालका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरु विभिन्न भाषाहरु बोल्दछन् । राष्ट्रिय जनगणना २०७८ ले १२४ भाषा र १४२ जातजाति रहेको कुरा उल्लेख गरेको छ । यसबाट के स्पष्ट हुन्छ भने नेपाल भाषिक विविधता मात्र होइन जातीय विविधता समेत भएको मुलुक हो । यहाँको बहुभाषिकता र बहुजातीयता बिच अन्तरसम्बन्ध छ । त्यसैले नेपालको भाषिक स्थिति भनेको जाति र भाषाबिचको पारस्परिक अन्तक्रियाबाट सृजित जाति–भाषिक दिपक्षीय संरचना हो (यादव २०६१,पृ.३२०) । नेपालमा विविध जातिको बसोबास छ । ती जातिहरूका आआफ्नै किसिमका पहिचान छन । यो देश भित्र बसोबास गर्ने विविध जातिले संरक्षण गर्दै आएको आफनो संस्कृति नै उनीहरूको पहिचान हो । विभिन्न जातिहरूको अलगअलग संस्कृति हुनु नै विविधता हो । अतःविश्व जगतमा नेपाललाई सांस्कृतिक विविधताको मुलुक भनेर चिनिन्छ । नेपालमा बसोबास गर्ने विभिन्न जातिमध्ये खस जाति पनि एक हो । यो जातिको पनि आफ्नै किसिमको पहिचान छ । खस जातिको आफनै किसिमको भाषा र संस्कृति छ । त्यही भाषा संस्कृति नै यसको पहिचान हो । खस जातिको इतिहास,खस भाषा संस्कृतिको विकास कसरी भएको हो भन्ने विषयमा हरेकलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । अतः खस जातिको भाषा, संस्कृतिको विषयमा चर्चा गर्नु सान्दर्भिक देखिएकाले प्रस्तुत आलेखमा खस जाति,भाषा र संकृतिको बारेमा सङ्क्षिप्त रूपमा प्रकाश पार्ने प्रयास गएिको छ ।
२. नेपालका खस जाति
नेपालको सबभन्दा ठूलो जातिसमूह खस हो । नेपालको सन्दर्भमा खसजाति भन्नाले पहाडी क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, वादी, दमाई, गाइने आदि जातसमूहलाई बुझिन्छ । बाह्मण, क्षेत्री ठकुरी, गिरी, पुरी, सन्यासी पहाडी शुद्र आदिमा विभाजित खस समुदायको जनसङ्ख्याले नेपालको आधाभन्दा बढी आबादी ओगट्छ । इशापूर्व १५००–१००० सम्ममा खसहरू भरतखण्ड (भातवर्ष) मा प्रवेश गरेका हुन भन्ने मान्यता इतिहासकाहरूको रहेको छ । इशापूर्व १५००–१००० सम्ममा खसहरू भरतखण्ड (भातवर्ष) मा पवेश गेका हुन भन्ने मान्यता इतिहासकाहरूको रहेको छ ( अधिकारी, २०६८, पृ.१९ ) । वैदिक आर्यहरूभन्दा खसहरुको आगमन एक सहसाब्दि पछिको हो भन्ने मान्यता केही विद्वानहको रहेको छ । विक्रमाब्दको बाह्रौं शताब्दीको आसपासतिर नेपालको कर्णाली क्षेत्रलाई केन्द्र बनाएर नागराजले सामाज्य स्थापना गरेपछि खसजातिको प्रभाव विस्तार हुँदै आएको इतिहास भेटिन्छ तापनि मनुस्मृति र महाभारत जस्ता गन्थ्रहरूमा उल्लेख भएका अनेक प्रसङ्गहरूबाट खस समुदायको यस क्षेत्रमा रहेको उपस्थिति प्रागऐतिहासिक कालदेखिकै हो भन्ने कुरा स्पस्टहुन्छ । इतिहासको निकै लामो कालखण्डसम्म खस जातिले बुद्धधर्मलाई राज्यधर्मकै रूपमा अपनाएको प्रमाण पनि भेटिन्छ ।
नेपालमा बसोबास गर्ने विभिन्न अन्य जाति झै खस जाति पनि प्रागऐतिहासिककालदेखि नै यस क्षेत्रमा बस्दै आएको थिए । पागऐतिहासिककालदेखि नै खस जातिको नामले परिचित भएको मध्यकालमा नेपालको पश्चिमी क्षेत्रमा विशाल राज्य स्थापना गरेको यस जातिको गौरवपूर्ण इतिहास छ । कुनै पनि जातिको पहिचान उसको भाषा संस्कृतिबाट हुन्छ । किनकि जातित्वको निर्धारक कडी भाषा र संकृति हो । खस जातिको पनि आफनै किसिमको भाषा, सस्ंकार, सस्ंकृति रहनसहन छ । वर्तमान नेपालमा बसोबास गर्ने बाहुन, क्षेत्री, ठकुरी, दशनामी, पहाडी दलित (कामी, सार्की, दमाई, गाइने वादी) जातका मानिसको मातृभाषा खस भएकाले तिनीहरू खस जातिका हुन भन्ने विद्वानहरूको भनाइ छ (पोखेल, २०२५ पृ. २९) । बह्मपुराण, बृहत संहिता, भागवत पुराण, मत्स्य पुराण, मनुस्मृति, महाभात, मार्कण्डेय पुराण,, वायु पुराण, विष्णु पुराण, स्कन्ध पुराण, आदि हिन्दु गन्थहरू बौद्ध गन्थहरूमा समेत कम्बोज, किराँत, दरद, पल्लभ, पौण्ड्रक, यमन, सक र हुण जातिका साथमा खस जातिको पनि उल्लेख गएिको छ (पोखेल, २०५५ पृ.३४२–४७) । यो जातिको नाम कसरी ’खस’ हन गयो भन्ने बारेमा यथार्थ ज्ञान नभए वा अन्य विभिन्न काणले यो जातिभित्र पर्ने कैयौं मानव समुदायले आफूलाई खस जातिको भन्न हिचकिचाउने गरेको पाइन्छ । यस सम्बन्धमा भाषाविद् बालकृष्ण पोखेलको भनाइ यस्तो छ :
“पर्वते जातिले आफनो वास्तविक संज्ञा मन नपाउनुका अनेक कारण हुन सक्छन । पहिलो कारण हुन सक्छ खस शब्दको खस (खनु, मर्नु, झर्नु,) धातुको ध्वनिसाम्य । दोसो काण हुन सक्छ, खस समाजका सदस्यहरूले आफनो अतीतको गौरवगाथा बिर्सनु । तेसो कारण हुनसक्छ, आफूलाई खस भन्न नरुचाउने थुपै जातिहरूको खससम्प्रदायमा प्रवेश हुनु । चौथो काण हुनसक्छ, वर्तमान खसहरू प्रायः हिन्दू हुनु हिन्दू वाङमयमा खस जातिलाई नीच देखाएको हुनु ।“
माथिको भनाइले के पुष्टि गर्दछ भने खस जातिको बारेमा अज्ञानतावस वा जानाजानी भ्रम फैलाइएको छ । त्यसकारण खस जातिका बारेमा जान्नका लागि यसको नाम कसरी रहन गयो भन्ने बारेमा पनि जान्न आवश्यक छ । खस जातिको नामकण यो जातिको उदगमस्थल र प्रसारणका आधामा भएको मानिन्छ । यो जातिको उदगमथल मध्य एसियाको ’ककेसस’ पर्वत मानिन्छ । त्यहाँबाट पहाडैपहाड पूर्वतिर लागेको यो मानव समूह काशगर, खसगर, खसमिहिर, हिन्दुकुश हुँदै हिमवत्खण्डमा पुगेको हो भन्ने भनाइ छ (ब्तपष्लकयल, १९७४ पृ. ३७५–८१ र ३९७) । त्यही ककेसबाट बाहिर निस्केको मानव समूह बेबिलोनियामा पुगेपछि ’कस’ जातिको रूपमा परिचित भएको थियो । त्यहाँबाट पनि पूर्वतिर फैलिँदै जाँदा इराक इरानको खसिस्तानमा पुग्दा ’खस’ नामले विभषित भएको थियो । यो जातिले शुरूमा हालको तिब्बतमा पर्ने खारी प्रदेशमा आफ्नो राज्य स्थापना गरेको देखिन्छ । त्यसपछि बा–हौँ शताब्दीमा नागराजले वर्तमान नेपालको कर्णाली प्रदेशमा ’खस राज्य’ स्थापना गरेका थिए । त्यतिखरे यो राज्यको सिमाना पूर्वमा त्रिशुली नदी, पश्चिममा गढ़वाल, उत्तमा गुंगेपुराङ दक्षिणमा शिवालिक पर्वतसम्म फैलिएको थियो (अधिकारी, २०५३ पृ. ४२) । खसहरू अनार्य भएको उनीहरूले वर्ण व्यवथा नमानेको हुनाले नै मनुले उनीहरूलाई ’वात्य वा वृषल’ भनेका थिए (पोखेल, २०५५ पृ. ३४२–४३) । बा–हौ शताब्दीपछि मात्र हिन्दु वर्ण व्यवस्थाले खस जातिको सस्ंकृतिमा प्रवेश पाएको थियो । खस राजा क्राचल्ल (वि.सं. १२६४–१२०८०)ले बालेश्वर मन्दिमा राखेको तामपत्रमा उनलाई बुद्ध धर्मका उपासक हिन्दु देवताका अनेक गुणले सम्पन्न राजा भनिएका छ (अधिकारी, २०५३ ९०–९१) । खस राजाहरू हिन्दु वर्ण व्यवस्थाबाट प्रभावित भएका भएपनि आम जनता भने आफ्नै धर्म संस्कृतिमा रमाएका थिए । पन्ध्रौं शताब्दीमा खस राज्यको विघटन भएपछि जब बाईसी चौबीसी नामका अनेक ससाना राज्यहरू थापना भए ती राज्यहरूका राजाले आफ्लाई शक्तिशाली बनाउन हिन्दु वर्ण व्यवथालाई राजकीय धर्मको रूपमा अङ्किार गरी त्यसको प्रचार–प्रसारमा प्रोत्साहन दिए तर बौद्ध धर्मलाई कुनै किसिमको सरंक्षण दिएनन् जसका कारण बौद्ध धर्म उच्च हिमाली क्षेत्रमा मात्र सीमित हुन गयो । शासक वर्गले हिन्दु धर्मलाई प्रोत्साहन दिन थालेपछि जनतामा पनि त्यसको प्रभाव पर्यो । अतः खस जातिमा हिन्दु वर्ण व्यवस्था अनुसारको बाह्मण,, क्षत्री, वैश्य शुद्र भन्ने जात प्रथा शरूु भयो । त्यसपछि खस जातिमा तिन समूह देखा परे । पहिलो समूह ’खस’ जसले हिन्दु वर्णव्यवथा अङ्गीकार गरेनन् मतवाली वा पावई खस जातिको रूपमा परिचित छन (विष्ट, २०५५ पृ.५६–६१) । दोस्रो समूह ’खस आर्य’ हो । कर्णाली भेकमा बसोबास गर्ने खस जातिका मानिसहरूले दक्षिणतिरबाट आएका आर्यहरूसँग हेलमेल बढेपछि हिन्दु वर्णाश्रम व्यवस्था अपनाएर खस–आर्य भनी चिनिन थाले । त्यस्तै तेस्रो समूह हो ’आर्य–खस’ । दक्षिणतिरबाट आएका आर्यहरूले कर्णाली भेकका खस जातिसँग विवाह सम्बन्ध थापना गरी घरजम बसाएपछि उनीहरूबाट जन्मेका सन्तान आर्य–खस भनी चिनिन थाले ।
खस जातिभित्र बाह्मण, क्षत्री, ठकुरी, दशनामी दलित समूहका मानिसहरू पर्दछन् । नेपालका विभिन्न जाति वो अध्ययन गरेका हडसनले क्षत्री जातलाई झर्रा क्षत्री, ठकुरी, हमाल खत्री भनी वर्गीकण गेका छन् (Hodgson, १९७२ पृ. ३७–४४) । झर्रा क्षत्रीमा ओली, काकी, कुँवर, खडका, थापा, बस्नेत, बानियाँ, विष्ट, बुढा, बोगटी, बोहोरा, महत, राउत, रावल, सिंजापति पर्दछन भने ठकुरीमा कल्याल, खाँड, चन्द, पाल, बम, मल्ल, शाह, शाही, सिंह आदि थरका मानिसहरू पर्दछन् (विष्ट,१९६७ पृ.५) ।
३. खस जातिको पहिचान
कुनैपनि व्यक्ति वा समहको पहिचान भनेको उसमा भएको अलग विशेषता हो जसका आधामा उसलाई अरूभन्दा पृथक रूपमा चिन्न सकिन्छ । मानव जातिको पहिचान उसको भाषा सस्ंकृतिबाट हुन्छ । किनभने मानवका सबै क्रियाकलापको प्रतीक नै सस्ंकृति हो । कुनैपनि मानव समुदायको संस्कृति बो जानकारी दिने विभिन्न प्रतीक हुन्छन । त्यसकै आधारमा कुन सस्ंकृति कुन जाति वा मानव समूहको हो भन्ने कुराको पहिचान गर्न सकिन्छ । ती प्रतीकहरू मध्ये भाषा, साहित्य, कला, धर्म, संस्कार चाडपर्व मुख्य मानिन्छन् । संस्कृतिले एकातिर मानव समूहको भाषा, संस्कार सभ्यतालाई अभिव्यक्त गरेको हुन्छ भने अर्कोतिर मानिसका भौतिक आत्मिक पक्षलाई पनि समेटेको हुन्छ । आन्तरिक, वैचारिक परम्परागत धारणाको रूपमा विकसित हुँदै आएको आचारविचार रहनसहनलाई सस्ंकृति भनिन्छ । संस्कृति मानव समुदायले विकास गरेको ज्ञान, कला, साहित्य, विश्वास, मान्यता परम्परा हो (Scott and Marshal,ed:), २००५ पृ. १३२–३३) । यसबाट के थाहा हुन्छ भने सस्ंकृतिको माध्यमबाट कुनै पनि राष्ट्र, समाज वा जातिको पहिचान गर्न सकिन्छ । किनभने ’जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन साझा संस्कृतिमा व्यक्त हुने मनोवैज्ञानिक स्वरूपको आधारमा निर्मित, एक ऐतिहासिक रूपले स्थापित, स्थिर जन–समुदाय हो ।’ (श्रेष्ठ (अनु.), २०६४ पृ. २३–२९) ।
नेपालमा प्राचीनकालदेखि नै विभिन्न जातिले अलगअलग किसिमका सभ्यता सस्ंकारको विकास गरेको पाइन्छ । ती जातिहरूमध्ये खस जाति पनि एक हो जसले आफनै किसिमको सभ्यताको विकास गरेको छ । मानव सभ्यताको विकासका विभिन्न चरणमा जुन मानव समुदाय प्रकृति, वातावण अन्य मानव समुदायसँग घुलमिल हुन सक्यो त्यसको अस्तित्व रहेको देखिन्छ । त्यसकाण आफ्नो अस्तित्व रक्षाका लागि मानिसले बेलाबखतमा प्रकृति, वातावण अन्य मानव समुदायको सङ्गतबाट पनि धेै करुा सिकेको हुन्छ । आफ्ना नराम्रा संस्कार छाडेर अरूका राम्रा संस्कार सिक्नु संस्कृतिको रूपान्तण हो । खस जातिले पनि बेलाबखतमा अन्य जातिबाट विभिन्न किसिमका संस्कार सिकेको पाइन्छ । कुनै जातिको सामाजिक भौतिक अवस्थाको उन्नतिको प्रतिबिम्ब नै सभ्यता हो । खस जातिले पनि आफ्नै किसिमको भाषा, धर्म सस्ंकारको विकास गरेको छ जसलाई यस जातिको सभ्यता वा सस्ंकृतिका विशेषताका रुपमा लिइन्छ । यस सन्दर्भमा खस जातिले विकास गरेको खस भाषा, प्रकृति पुजक संकृति तथा हिन्दु बौद्ध धर्म मिश्रित धार्मिक मान्यता नै यो जातिका पहिचान हुन ।
४. खस भाषा
खस भाषा कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा कालीकोट जिल्लामा बोलिन्छ । यो भाषा भाोपेली परिवारको आर्य इरानेली शाखाको भारत आर्य उत्तरी क्षेत्रको पहाडी भेद अन्तर्गत पर्दछ । नेपालको जनगणना २०७८को १२४ मातृभाषाको सूचीमा सूचीकृत आइएसओ प्राप्त (iso६३९–३) भाषा हो । जुम्ला लगायत कर्णाली अञ्चलका सबै जिल्ला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आदि जिल्ला र भारतमा समेत बोलिन्छ । एथ्नोलगः नेपालका भाषाहरू । २०१२) मा उल्लेख भए अनुसार एस आइएल (२००१) ले यो भाषा बोल्नेको संख्या ५०,००० देखाएको थियो तर २०६८ को जनगणनामा भने यो सङ्ख्या ८५१ मात्र देखाएको थियो । यो सङ्ख्यालाई आधार मानेर भाषाआयोग (२०७५) ले जुम्ली भाषालाई लोपोन्मुख भाषाको सूचीमा राखी वर्ण निर्धाण, शब्द सङ्कलन इतिहास लेखन जस्ता अनुसन्धानात्मक कार्य गराएको छ । २०७८ को जनगणनामा भने यो सङ्ख्या बढेर १,१७,५११ पुगेको देखिन्छ । यस भाषालाई पोखेल (२०५०) ले माझाली भाषिका, बन्धु (२०३६) ले केन्द्रीय भाषिका, निरौला (२०५०) ढुङ्गाना (२०५३) ले जुम्ली भाषिका भनेका छन् । हाल आएर यस भाषालाई भाषाको मान्यता दिएर आइयसओ कोड समेत प्रदान गरिएको छ । यस भाषाका भाषिक भेदहरूमा असिदाली, चौधबिसे, पाँचसयदाली र सिँजाली गरी चार ओटा रहेका छन् । खस भाषाको प्राचीन इतिहास वर्णन गर्न जुम्ला राज्यको सङ्क्षिप्त इतिहासका बारेमा उल्लेख गर्नु पर्ने हुन्छ । जुम्लाको इतिहास खस जातिसँग जोडिएको छ । खस जातिहरू भारतीय उपमहाद्विपमा उत्तर पश्चिमबाट इसापूर्व पहिलो शताब्दीमा भित्रिएका हुन् (अधिकारी, २०५६ पृ.१२) । उनीहरूपछि सर्दै नेपालको कर्णाली प्रसवण क्षेत्रमा आई पुग्दा भातीय आर्य भाषाको निकै प्रभाव पर्यो (पोखरेल अन्य, २०७६) ।
खसहरू भारतीय उपमहाद्विप अन्तर्गत उत्तरपश्चिम पहाडहरूमा बस्ने हुनाले उनीहरूको भाषा ’पहाडी भाषा’ को नामले पनि चिनिन्छ । प्राचीनकालदेखि नै खसहरू भारतीय उपमहाद्विपको उत्तरपश्चिम पहाडी भूभागमा बसोवास गर्दै आएका थिए । टुची (१९५६, १९६२) योगी (२०१२) ले सबैभन्दा पहिले खसहरू मानसरोवरबाट सिंजा दुल्लुमा आएर राज्य गरेको पत्ता लगाएका थिए (पोखेल अन्य, २०७६ पृ. २७) । आदिम जाति मायाव जातिको सामिप्य, सम्र्पक संसर्गले नयाँ भाषाको जन्म भयो । त्यो भाषाको नाम नै खस भाषा हो । खस भाषाका वक्ताहरूको बसोबास इ.सां.पूर्व आठौ शताब्दीदेखि बिक्रमको पाँचौ शताब्दीसम्म यस भेकमा रहेको मानिन्छ (यात्री, २०५३ पृ.१२३) । प्राचीनकालमा खस भाषालाई सिंजाली भाषा पनि भनिन्थ्यो । यसरी नेपाली भाषाको पुख्यौली भाषाको रूपमा खस भाषा पहिलेदेखि नै सिंजा राज्यमा अस्तित्वमा रहेको थियो । आदारार्थीमा रूपायन हुनु, यस भाषाको छुट्टै भाषिक विलक्षण हो । यस प्रकारको विशेषता संसारभरिकै अरू भाषामा पाइएको छैन (पोखरेल, अन्य, २०७५ पृ.१०) । जटिल तथा अमूर्त संकथन, नामानुगामी नामशीर्षान्त, दुई लिङ्गी व्यवस्था, शब्दमा एउटा उपसर्ग बढीमा पाँच परसर्गको संरचना हुनु यस भाषाका विशेषता हुन । ’जना’ कोटिकरको लिङ्ग बचन अनुसार रूपायन हुनु कारकीय चिन्हहरूले उपवाक्यीय कारकलाई चिन्हित गर्नु पनि यसका थप विशेषता हुन । हाल यो भाषा गोखापत्रको नयाँ नेपाल स्तम्भमा पृष्ठ प्रकाशित हुनुको साथै दैनिक व्यवहारका अधिकांश क्षेत्रमा सक्रिय रूपमा प्रयोग भइहेको पाइन्छ । यो नेपाली भाषाको प्राचीन रूप हो । प्राचीन अभिलेखीय भाषा हुनुका साथै हाल यस भाषामा कविता, कथा, उपन्यास पत्रपत्रिका समेत प्रकाशन भइहेका छन भने एफ. एम. रेडियोमा कार्यक्रममहरू उत्पादन भई प्रशारण भइरहेको छ ।
४.१ खस भाषाको विकास
कुनै पनि मानव समुदायको पहिचान उसको संस्कृतिबाट हुन्छ । साथै कुनैपनि मानव समूहको संस्कृति बारे जानकारी दिने मुख्य आधार भाषा हो । त्यसकारण खस जातिको मुख्य पहिचान नै यस जातिको आफ्नै भाषा हुनु, सो भाषामा साहित्यको उन्नति हुनु हो । प्राचीनकालमा खसहरूले बोल्ने भाषालाई ’खस कुडा’ भनिन्थ्यो (Hodgson, १९७२, पृ.१–२) । यस भाषाको विकास क्रमलाई हेर्दा के देखिन्छ भने नेपालको पश्चिमी क्षेत्रमा खस जातिको राज्य चलेका बेला यो भाषाको पनि विकास भयो । खस राज्यको विघटनपछि यो भाषा बाइसी चौविसी राज्यको रूपमा रहेका पहाडपर्वतका बासिन्दाले बोल्ने भएकाले नेपाल मण्डलका बासिन्दाले यो भाषालाई ’पर्वते भाषा’ भन्दथे (Hamliton, १९८६ पृ. १६) ।
धरेैजसो बाइसी चौबीसी राज्यमा यो भाषा नै प्रयोग हुने हुनाले उक्त भनाइले सार्थकता पाएको थियो । चौवीसी राज्य मध्येको पर्वत राज्यमा या ेभाषालाई सरकारी भाषाको रूपमा प्रयोग गएिको थियो । पर्वत राज्यबाट प्रसारित सबै प्ररकारका अभिलेख, आदेश लिखतहरूमा खस भाषा नै प्रयोग भएको पाइएको छ (श्रेष्ठ, २०५९ पृ. १९६–२१६) । पर्वत राज्यमा खस भाषाको उन्नतिका लागि निकै धेैरै प्रयास गरिएको थियो भन्ने कुरा संस्कृत भाषामा लेखिएको ’पायश्चित्त प्रदीप’लाई सर्वसाधाणले पनि बुझ्न सकुन भनरे यस राज्यका राजा मलेबम मल्लका पुरोहित पण्डित प्रेमनिधि पन्तद्वारा खस भाषामा उल्था गरिनुले पुष्टि गर्दछ (पोखेल, २०५० पृ.१०५–११६) ।
नेपालको एकीकण अभियान शुरू भएपछि विदेशी तथा वदेशी विद्वानहरूले खस भाषालाई ’गोखा भाषा’ भन्न थाले । किनभने एकीकण अभियान गोखा राज्यको नेतृत्वमा भएको थियो सो अभियानमा लागेका अधिकांश सेनाले खस कुरा बोल्दथे ( न्चष्बचकयल,ज्ञढज्ञट उ।ज्ञड ) । त्यसकारण खस भाषामा छापिने नेपालको पहिलो पत्रिकाको नाम नै ’गोखापत्र’ रहन गयो । साथै तत्कालीन नेपालमा आवश्यक पर्ने पाठयपुतक, ऐन, सनद, सवाल पत्रिका पकाशित गर्नका लागि वि.सं. १९७० मा ’गोखा भाषा पकाशिनी समिति’ नामक सस्ंथा पनि स्थापना गरियो । खस कुरालाई नेपाली भाषा नाम दिने पहिलो विद्वान आयटन थिए जसले वि.सं. १८७७ (सन १८२०) मा ’ग्रामर अफ द नेप्लिज ल्याङ्गवेज’ नामक पस्तक प्रकाशित गेरका थिए । त्यसपछि नेपालीहरूले बोल्ने भाषालाई पनि नेपाली भन्न थालियो । नेपाली भाषामा प्रशस्त मात्रामा साहित्यको रचना हुन थालेपछि त्यसको उत्थानका लागि वि. सं. १९८९ मा गोखा भाषा प्रकाशिनी समिति भन्ने नाम परिवर्तन गरी ’नेपाली भाषा प्रकाशिनी समिति’ राखिएको हो (शर्मा, २०५७ पृ.२–५) । नेपाली भाषा नेपालका विभिन्न जातिको विचार आदानप्रदान गर्ने माध्यम भाषाको रूपमा विकसित भएपछि वि.सं. २०१५ मा जारी भएको नेपाल अधिराज्यको संविधानमा यसलाई ’राष्ट्र भाषा’ भनी अङ्कित गरिएको हो (देवकोटा, २०३६ पृ.७४९) । यसरी नेपाली भाषाले राष्ट्र भाषाको रूप लिएको छ । वि.सं. २०७८ को जनगणना अनुसार खस भाषा बोल्नेहरूको सड्ख्या १,१७,५२१ छ ।
(लेखक खत्री त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा जुम्ला बहुमुखी क्याम्पसका प्रमुख हुनुहुन्छ। उहाँको अनुसन्धानात्मक लेखकको बाँकी अंश अर्को हप्ताको शुक्रबार प्रकाशन हुनेछ।)














