मुलुकी देवानी संहिता हाम्रो यो सबैले पढ्नु होला
बुझेर पढ्नु भई दिनु भएमा रस पाउनु होला
देवानी कानूनका सिद्धान्त हरू पनि जान्नु पर्दछ
नागरिक अधिकार हरू जानी सचेत बन्नु पर्दछ ।
प्राकृतिक र कानूनी व्याक्ति वारे ज्ञान राख्नु पर्दछ
प्राकृतिक व्यक्तिकै ती दामासाही कुरा बुझ्नु पर्दछ
बिवाह र बिवाहका परिणाम तिनै जान्नु पर्दछ
सम्बन्ध विच्छेद पनि जान्नै पर्ने हेक्का राख्नु पर्दछ ।
परिवार बिचको सम्बन्ध पनि के कस्तो हुने भनी
अंश सम्बन्ध संरक्षक बारेमा पनि जान्नै पर्नि
मानिससँगै जोडिएको सम्पत्ति हुन्छ अतिनै ठूलो
यही सम्पत्तिमा कुरो नमिलेर हुने गर्छ झकडो ।
सरकारी व्याक्ति दुवैमा समस्या मात्र हुन्न एककै
गुठी फलोप भोग सुविधा हरू हेर्न जान्नु पर्नेनै
घर बहाल दान बकस बारे पनि जान्नै पर्दछ
चल अचल हक सफाया पनि निम्ट्याउनु पर्दछ ।
दायित्व करार पनि मानिसका तत्व अपरिहार्य
पालना नगरी हुन्न यिनी सव जानौ यीँ अनिवार्य
जमानत नासोधितो लिजज्याला जान्नैपर्ने दुस्कृती
यिनैको समाधान गर्न सकेमा बन्नेछ सबै थिति ।
समयको परिवर्तन हुँदैछ परिवर्तन सँगै
बिदेशमा हुने कामपनि निजी हुने व्यवस्था सँगै
पारिवारिक कुरा बिवाह अंश मातृकै कुरा पनि
नेपालमै हेरिन्छ बिवादहरू निजी मामिला पनि ।
मानिसका लेनदेन लिखत पारित हुनु पर्दछ
लेनदेनका ती व्यवहार पनि सल्ट्याउनु पर्दछ
यिनै सवको कानुनी उपचार मात्र हुन सकेमा
छाउँछ शान्ति सुव्यवस्था अनि सुख हुन्छ देशमा ।
नरेन्द्र देवकोटा “प्रशान्त” २०८२/६//८/४ प्यूठान ।














