सोमबार, २८ पुष, २०८२

दशैं विशेष मुक्तकहरु


रातो टीका जमरा लाउन पाइनँ म
साथी सङ्गी सँगै मेलामा धाउन पाईनँ म
नरोए है बा! आमा परदेशीको बाटो हेरेर
यो साल पनि दशैँमा आउन पाइनँ म

दशैँको रङ्गमा मालश्रीको धुन गाए जस्तो पनी
गाउँघर आँगनै भरी उमङ्ग छाए जस्तो पनी
खै काहाँ छुटे काहाँ ती खुसीका दिनहरू
मनै उज्यालो नभएपछि लाग्दैन दशैँ आए जस्तो पनी

हाँसो खुसी रहिरहोस् थिरमा शुभकामना
पर्न नपरोस् कोहिँ पनि पिरमा शुभकामना
दशैँको रातो टीका पहेलो जमरा लगाए सँगै
मान्यजनको आशीष् लागोस् शिरमा शुभकामना

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार