मंगलवार, १३ माघ, २०८२

“मानवीय संवेदनालाई ख्याल गर्नुपर्छ” नेपाली काँग्रेस जुम्लाका युवा नेता हंसराज न्यौपाने

जेन-जी आन्दोलनबाट घाइते भएका काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले आज विज्ञप्ति निकालेको थियो।

सोही सन्दर्भमा नेपाली काँग्रेसका युवा नेता हंसराज न्यौपानेले ” पार्टी सभापति घाइते अवस्थामा उपचाररत रहेको र पार्टीका साथीहरूले मानवीय संवेदनालाई समेत ख्याल गर्नुपर्ने र यो उपयुक्त समय नभएको र पार्टी विरुद्ध यस्ता विज्ञप्ति दिन जरुरी नभएको” बताएका छन् ।

पार्टीमा सुधारको खाँचो रहेको र सबै नेता कार्यकर्ता जिम्मेवार भएर सुधारका लागि लाग्नु पर्ने र विज्ञप्तिमा उल्लेख भएको कुरा जिल्लाको पार्टीको धारणा नभई पार्टीभित्र गुटबन्दी गर्नेको एकल धारणा मात्रै भएको युवा नेता न्यौपानेले जिकिर गरे।

उनले अगाडि भने “विशेष महाधिवेशन, अर्लि महाधिवेशन जे मा जाने हो पार्टी सभापति सन्चो भएर आईसकेपछि छलफल गरेर जान सकिन्छ ।”
साथै यस्ता पार्टी विरुद्धका असन्तुष्टिले बाहिर नराम्रो सन्देश जाने समेत उनले सुझाव दिएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले निकालेको विज्ञप्ति यस्तो छ!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार