कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्लाको तिला गाउँपालिका १ मा बिहान ८ बजेतिर सडक माथिबाट ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको बाटो अहिले खुलेको छ।
ढुङ्गाको आकार ठूलो हुँदा आवातजावत रोकिएको थियो भने अहिले डोजरले साइट लगाएर आवातजावत दुबै तर्फ भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए।
बिहान ८ बजेतिर खसेको ठूलो ढुङ्गाले ठूला सवारीसाधन चल्न रोकेको थियो अहिले भने बाटो सुचारु भइसकेको छ।














