शुक्रबार, २९ फाल्गुन, २०८२

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

नेपालको पहिलो महिला प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकी छन् । उनी पूर्व तर नेपालकै पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी प्रावधान रहेको छ। जसको उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ। सोही उपधारालाई टेकेर कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको स्रोतले बताएको छ। 

नियुक्त हुनुभन्दा अघि विभिन्न राजनैतिक दल तथा भातृसंघठनहरूले कानून अनुरुप प्रधानमन्त्रीमा नियुक्त गर्न र संसद विघटन नगर्न दबाब दिएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार