सोमबार, २८ पुष, २०८२

पार्वती पराजितका चारवटा मुक्तक

तितामिठा कुन्नी के के बात हुन्छ माया प्रेममा
अन्जानमै कहिलेकसो घात हुन्छ माया प्रेममा
विस्तारामा पल्टिएर मनका कुरा गर्न थाले पछि
बोल्दा बोल्दै आधा रात हुन्छ माया प्रेममा

भत्काउन फड्कन नसक्ने म यस्तो बारमा छु
पाइल यहिँ रोकियो अघि बढेन हारमा छु
घर बनाउनकै लागि घर छोड्नु पर्छ मैले
अब घर रोजौकी परदेश त्यो दोधारमा छु

पर्ला कि छुट्टीन भन्ने डर लाग्दैन
छल गरेर मन दु:खाए पछि भर लाग्दैन
एक समय थियो उ बिना बाँच्दिन लाग्ने
लाग्दैन अब त उस्को हुने रहर लाग्दैन

चाडपर्व मेलापात रमझम सँगै हाटमा छैनन्
बाल्यकालमा खेलेको झूप्रो घरको खाटमा छैनन्
बुढेस् कालमा सहारा होलान् भनि जन्माएका सन्तान
कहाँ पुगेँ आज बा!आमाको लास बोकेर घाटमा छैनन्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार