सोमबार, ९ भाद्र, २०८२

कुशको महिमा र पितृदेवो भवः भनिनुको अर्थ

कुशे औंसी विशेष

अब कुशको उत्पत्ति कसरी भयो भन्ने बुझ्नु पर्दछ। सर्वप्रथम “कु” भनेको पृथ्वी हो, “श” भनेको सुत्नु हो। अर्थात् जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ। पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुद्रमा गयो।

मिति २०८२ साल भाद्र ६ गते शुक्रबार चतुर्दशी तिथि बिहान ११:४६ बजेसम्म त्यस उप्रान्त औंसी तिथि, ७ गते शनिबार बिहान ११:१५ बजेसम्म त्यस उप्रान्त भाद्र शुक्ल प्रतिपदा तिथि आरम्भ हुने भएकोले ६ गते औंसी श्राद्ध र ७ गते यो दिन गोकर्ण स्नान दानका लागि मात्र औंसी र पिताको मुखहेर्ने दिन हो। यो दिन वैदिक हिन्दू परम्परा अनुसार कुशेऔंसी हो।

यो दिन वैदिक हिन्दू धर्मावलम्बीहरूले सर्वप्रथम गंगामागई मन्त्र {मननात् त्रायते यत् तत् मन्त्रम्} अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ, त्यही मन्त्र हो। यो पढेर माटोले {अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे! मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।} अर्थात् घोडाको टापको, हात्तीको पाइलाको, रथमुनिको धुलो, तुलसीमोठको, दोबाटो, चौबाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके (हे माटो) मेरो दुष्कृत (नराम्रो) पापहरू सबै हटाइदिनुहोस् भनी शरीरमा दलेर स्नान गर्नु पर्दछ।

त्यसपछि पवित्र धारण गरी टीका ग्रहण गरेर आफ्नो जप गरिसकेर भगवानको नित्य पूजा गर्नुपर्दछ। त्यसपछि कुशको महिमा बुझी पूर्व वा उत्तर मुख फर्केर दक्षिणतिर ढल्केको कुश “हुँ फट् स्वाहा” भन्ने मन्त्र पढेर र अर्को यो मन्त्र पढ्दै, “विरिच्चना सहोत्पन्न परमेष्ठी निसर्गत, नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव।” अर्थात् ब्रह्मासँगै जन्मेर ब्रह्माबाटै पवित्रता पाएका हे कुश! हाम्रो सम्पूर्ण पाप नाश गर, पाप नाश गरी हाम्रो कल्याण गर। हे कुश! गर, यज्ञ वार्षिकका हाम्रा सबैमा पूर्णता भर भनी कुश सुधार्नु (काट्नु) पर्दछ। पूजाआरति गरी ढोग्नु पर्दछ।

अब कुशको उत्पत्ति कसरी भयो भन्ने बुझ्नु पर्दछ। सर्वप्रथम “कु” भनेको पृथ्वी हो, “श” भनेको सुत्नु हो। अर्थात् जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ। पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुद्रमा गयो।

त्यसपछि देवीदेवताहरूको आग्रहलाई मानेर भगवान श्रीहरिले बराह अवतार लिएर समुद्रमा गई हिरण्याक्ष दैत्यलाई उद्धार गरी समुद्रमा डुबेको पृथ्वीमाता आफ्नो दारमा राखेर ल्याउनु भयो। त्यस कारण भगवान वराह त्यो दैत्यलाई उद्धार गरी उग्र भएर काम्न थाल्नु भयो अनि काम्दा वराह भगवानको शरीरबाट रौं पृथ्वीमा खस्यो, त्यही रौंबाट कुशको उत्पत्ति भएको हो।

त्यसैले भगवान नारायण (“नार” भनेको पानी, “अयन” भनेको निवास हो।)

मोतिराम जयन्ति तथा कुशे औंसीको शुभकामना
नमामि ईश्वरं वन्दे नमामि जनकं यथा
नमामि जननीं पूज्यं नमामि शिक्षकं तथा।।

अर्थ:
पहिलो ढोक ईश्वर, दोस्रो ढोक बुबालाई, तेस्रो ढोक आमालाई र अन्तिम ढोक शिक्षकलाई।

मोतिराम जयन्ति तथा बुबाको मुख हेर्ने दिनको शुभकामना। हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुख हेर्ने दिन भनिन्छ। यसको अर्को नाम गोकर्ण औंसी पनि हो। यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो। नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्महरू प्रारम्भ गरिँदैन। यस दिन काटिएको वा उखेलिएको कुशको मान्यता १ वर्षसम्म रहन्छ।

कुश के हो? यसको उत्पत्ति कसरी भयो? कसरी घरमा ल्याइन्छ र के–के काममा प्रयोग गरिन्छ भन्ने जस्ता विषयमा सामान्य जानकारी हुनु राम्रो मानिन्छ। कुश बाहिरी आँखाको हेराइमा खर (उर्लुक) वा शिरु जस्तै एक प्रकारको घाँस हो। तर आध्यात्मिक दृष्टिबाट यो पवित्रतम वस्तु हो। यो तराई भागमा प्रसस्त पाइन्छ भने पहाडी भागमा कम मात्रामा पाइन्छ।

वराह रूपी विष्णुले पृथ्वीको उद्धार गरेपछि यज्ञवराहको रूपमा प्रार्थना गर्दा रौंलाई नै कुशको रूपमा मानेको विश्वास छ भने कतै विष्णुले समुद्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको पाइन्छ। यस्तै वृन्दाको श्राप पूरा गर्न भगवान विष्णुले कुशको रूप धारण गर्नु भएको व्यहोरा श्री स्वस्थानी ब्रतकथा प्रसङ्गमा पाइन्छ।

अर्को प्रसङ्गमा “विरन्तीना सहोत्पन्न” मन्त्रअनुसार सृष्टिकर्ता ब्रह्माजीका साथसाथै कुशको पनि उत्पत्ति भयो भन्ने मान्यता छ। यसरी अलौकिक शक्तिद्वारा नै कुशको उत्पत्ति भएको हो भन्ने कुरा रुपमा बुझ्न सकिन्छ।

कुश घरमा ल्याउने यस पवित्र दिनमा सबेरै उठी, स्नान आदि कर्म सम्पन्न गरी शुद्ध, सफा सेतो वस्त्र लगाई कुश भएको ठाउँमा गई ‘ॐ’ मन्त्र उच्चारण गर्दै कुशलाई स्पर्श गर्ने र सँगै लगेको जौ, तिल, चन्दनले पूजा गर्दै यस मन्त्रले प्रार्थना गर्ने चलन छ।

विरन्तीना सहोत्पन्न परमेष्ठि निसर्जन।
नुद सर्वाणि पापानि दर्भ! स्वस्तिकरो भव।।

कुश उखेल्ने वा काट्ने प्रसङ्गमा फरक–फरक बुझाइ रहेको पाइन्छ। नित्यकर्म–पूजाप्रकाश भन्ने पुस्तकको कुशोत्पाटन–विधि (पृष्ठ ४३) मा कुश उखेल्ने विधिलाई स्पष्ट पारेको छ। पितृकार्यका लागि जरैसँगको कुश चाहिने हुँदा यसका लागि कुश उखेल्नु नै श्रेय हुन्छ। कसैले यस्तो कुश पितृ कार्यकै दिनमा उखेली प्रयोग गरेको पाइएकाे र धेरैले कुशे औंसीका दिन जरैसहित उखेलेको कुश प्रयोग गर्ने गरेको पाइन्छ।

कतैकतै फेदैदेखि काटिएको कुशलाई पनि प्रयोगमा ल्याएको पाइन्छ। श्राद्धको पिण्डपूजा गर्ने क्रममा शुद्ध माटोमाथि जरासहितको कुश, त्यसमाथि पातमा पिण्ड राखी पूजा गर्ने चलन छ। कुश पितृतिर्थ (बुढी औंला र चोर औंलाको बीच) बाट उखेल्नुपर्छ। यसलाई व्यवहारिक उदाहरणको रूपमा मकैको बोट उखेल्दा झैं गरी उखेल्ने भनेर बुझ्न सकिन्छ। यसरी उखेल्दा ‘हुँ फट्’ भन्ने मन्त्र उच्चारण गर्ने चलन पनि रहेको पाइन्छ।

कुशलाई काटेर प्रयोग गर्ने सन्दर्भमा साह्रो माटो, जरैसहित उखेल्न खोज्दा पनि चुँडिने, उखेलिएको खण्डमा अर्को वर्ष कुश उत्पादन कम हुने, उखेल्दा हात काटिन सक्ने तथा एकै झड्कामा उखेल्नु आफैंमा कठिन काम भएर नै प्रार्थना गर्दै हतियार (आसी) लगाई काट्न जान्छौं।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार