सोमबार, ९ भाद्र, २०८२

तीज विशेष प्याकेजसहित भ्याली भ्यू होटलमा स्तरीय सेवा

जुम्लाको स्टे होटल भ्याली भ्यू प्रालिले यस वर्ष पनि तीज विशेष प्याकेज सार्वजनिक गरेको छ।

ग्राहकको आवश्यकता र रुचिअनुसार ११९९, १४९९ र १८५० रुपैयाँसम्मका तीज विशेष प्याकेज उपलब्ध गराइएको होटलले जनाएको छ।

होटलले तयार पारेको मेनु अनुसार ‘खाजा सेट’ र ‘खाना सेट’ दुवै प्रकारका परिकारहरु समावेश छन्।

चिकेन पिज्जा, भ्याली भ्यू स्पेसल आलु, मटन मसाला, नेपाली सलाद, जुम्ली सिमे दालदेखि विभिन्न खाले अचार र डेझर्टसम्मका स्वादिष्ट परिकार प्याकेजमा राखिएका छन्।

होटलले विगत चार वर्षदेखि निरन्तर आवासीय तथा खाजा–नास्ताको सेवा दिँदै आएको छ।

साथै, अत्याधुनिक सुविधा सम्पन्न सेमिनार हल पनि सञ्चालनमा ल्याइएको छ, जसले सरकारी, गैरसरकारी तथा विभिन्न संस्थागत कार्यक्रमलाई सहज बनाइरहेको छ।

होटलका म्यानेजर गोविन्द भक्रीका अनुसार भ्याली भ्यूले स्तरीय खाजा खानाको प्रबन्ध गर्दै आएको छ।

उनले भने, “हामीले पर्यटक तथा विशिष्ट पाहुनालाई गुणस्तरीय खाना–बसोबासको सुविधा दिँदै आएका छौं। तीज विशेष प्याकेज पनि त्यसैको निरन्तरता हो।”

त्यस्तै, कर्मचारी भक्ती रेग्मीले होटलको सेवाबारे थप जानकारी दिँदै भने, “हामीले यहाँ आएका पाहुनालाई परिवारिक वातावरणमा सुविधा दिने प्रयास गर्दै आएका छौं।”

भ्याली भ्यू होटलले तीजको अवसर पारेर ल्याएको विशेष प्याकेजले जुम्ला भित्रका मात्र नभई बाहिरबाट आउने पाहुनालाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको भक्रीको भनाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार