सोमबार, २८ पुष, २०८२

प्रतिष्ठानले भिडियो एक्सरे सेवा दिन नसक्दा सांसद शाहीको आलोचना

जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्षिक करोडौं बजेट आउँदा पनि जनसाधारणका लागि अत्यावश्यक सेवा रेडियोलोजी विभागमा योग्य डाक्टरको अभाव तथा भिडियो एक्सरे मिसिन विगत एक महिनादेखि बन्दले यतिबेला चर्को आलोचना भैरहेको छ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रारलाई नृपेन्द्र महतलाई लक्षित गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले ‘हरेक वर्ष ५० औं करोडौं रुपैयाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउँदा पनि एउटा रेडियोलोजिस्ट डाक्टरसम्म नराख्नु यो जुम्लाको मात्र होइन, सिंगो कर्णालीको बेइज्जत हो।’ भन्दै चेतावनी दिएका छन् ।
उनले रजिस्ट्रार र उपकुलपतिले आफूहरूको वार्षिक ५० लाखसम्म तलब खाने,चाहिने-नचाहिने पार्टीका कार्यकर्ताहरूलाई भर्ती गरेर करोडौं रुपैयाँ खर्च गर्ने तर जनताको लागि अत्यावश्यक स्वास्थ्य सेवामा लगानी नगरेर दादागिरी देखाइरहेको आरोप समेत लगाएका हुन्

“जनताको सेवा र सुविधाका लागि एउटा रेडियोलोजिस्ट डाक्टरसम्म नराख्ने यो अत्याधिक दादागिरी भयो,” भन्दै उनले कर्णाली र जुम्ला जिल्लाका जनता अब चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन्।

त्यस्तै ज्ञानेन्द्र शाहीको टिप्पणीलाई खण्डन गर्दै प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले ‘रेडियोलोजिस्ट डाक्टर नराखेको होइन, पाउन गाह्रो भएको हो, मासिक रुपमा २ लाख ५० हजार रुपैयाँको तलब प्रस्ताव गर्दा समेत चिकित्सकहरू स्थायी रूपमा टिक्न नसकेको उनले बताएका छन् ।

महतले सामाजिक सञ्जालमा यस्ता संवेदनशील विषय उठाउँदा गहिरो अध्ययन, बुझाइ र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्। फेसबुकमा चर्चा बटुल्न पोस्ट गरिहाल्ने गर्नु भएन, तपाई सम्बंधित क्षेत्रको माननीय हो नि? आवश्यक पहल सम्बंधित निकायमा गर्नुपर्‍यो ‘ भन्दै प्रश्न समेत तेर्साएका छन् ।

प्रतिष्ठानका निमित्त उपकुलपति डा.डबल बहादुर धामीले समेत ‘२ लाख ५० हजार दिदा पनि मान्छे नभेटिएको’ जिकिर गरेका छन् ।

रजिस्ट्रार महतका अनुसार, प्रतिष्ठानका उपकुलपति र रजिस्ट्रार दुवै पद दुई महिनादेखि खाली छन्, जसले थुप्रै असर गरिरहेको समेत बताए । ‘जुम्लाका सरकारी निकायलाई जानकारी गराएर मात्र समाधान हुँदैन, स्वास्थ्य मन्त्रालय र सम्बन्धित नीति निर्माण तहमा प्रभावकारी पहल आवश्यक छ ।’ भन्दै उनले ज्ञानेन्द्र शाहीमाथि उद्दृत गरेका हुन। ‘बाकी तलब त तपाईले पनि खानु भएको छ, अब स्वास्थ मन्त्रालयमा पहल गर्नुपर्यो माननीयज्यू। ‘ भन्दै उनले सांसद ज्ञानेन्द्र शाहीको टिप्पणीको खण्डन गरेका हुन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार