बिहीबार, ७ फाल्गुन, २०८२

कर्णाली राजमार्गमा जीप दुर्घटना, मानव अधिकार आयोग प्रमुखसहित सातजना घाइते

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको भिजिट कर्णाली यातायातको जीप आज बिहान कालिकोटको हिलसाइड होटल नजिक दुर्घटनामा परेको छ।

जीप पाँचपटक सडक तल पल्टिँदा सात जना घाइते भएका छन्।

दुर्घटनामा कास्की पोखरा–२९ की २८ वर्षीया डा. रुवी थापा गम्भीर घाइते भएको र अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

घाइतेहरूमा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, डा. सुनिल ज्ञवाली, अञ्जना धामी, हार्लेन तामाङ, देवेन्द्र अधिकारी, हिक्मत जिरेल र चालक रत्न प्रसाद अधिकारी छन्।

प्रमुख आचार्यलाई हेलिकोप्टरमार्फत सुर्खेतको बाबियाचौरमा लगिएको छ। गाडी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक र कर्मचारी लिएर जाँदै थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार