सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा लागूऔषध (नाईट्राजेपाम) को कारोबार भइरहेको सूचना पाएपछि सुराकीको आधारमा गरिएको प्रहरी अपरेशनमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय कमल कार्की र दैलेख दुल्लु नगरपालिका–६ घर भई हाल सुर्खेतमै बसोबास गर्दै आएका २१ वर्षीय ध्वनिल मल्ल रहेका छन्।
प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनीहरूको साथबाट नाईट्राजेपामका २४३ ट्याब्लेट बरामद गरिएको छ। दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।















