नेपाल तरुण दल, जुम्लाद्वारा आयोजित पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र आज चन्दननाथ नगरपालिका–४ मा भव्य रूपमा चलिरहेको छ।
उद्घाटन सत्रको प्रारम्भमा तरुण दलले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, प्रतिनिधि तथा कार्यकर्तालाई स्वागत गर्दै कार्यक्रमको औपचारिक शुरुआत गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डिना उपाध्याय, प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, प्रदेश सभा सदस्य देवेन्द्र शाही पूर्व कर्णाली प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठ, जिल्ला पार्टी सभापति, कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरू, नेपाल विद्यार्थी संघका नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
उद्घाटन सत्रमा बोल्दै चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले एमाले र माओवादीले कांग्रेसलाई निरन्तर हस्तक्षेप गरिरहेकाबेला पार्टीभित्र नेतृत्व कहाँ चुकेको हो भन्ने प्रश्न उठाउँदै तरुण दलबाट अब्बल तथा सक्षम नेतृत्व चयनको आवश्यकता भएको बताइन्।
तरुण दलले बन्द सत्रबाट युवामैत्री, सकृय र गतिशील नेतृत्व चयन गरिने जानकारी दिएको छ।















