मंगलवार, १३ माघ, २०८२

लघुकथा : उपहार

हातमा श्रीमानले त्यो पोको थमाएपछि रमाले आँखा खोलिन्। पोकोमा हरियो सारी, मेहन्दी र हरियो चुरा थियो। रमा खुसीले गदगद हुँदै आफ्नो श्रीमानलाई धन्यवाद दिँदै अंगालोमा बेरिइन्।

आज बिहानैदेखि कोठामा गुनगुनाहटको आवाज आइरहेको सुन्दै थिइन् रमाले। उनले सोचिन आज महिनाको पहिलो दिन श्रीमान ज्यू शिवजीको पूजाको तयारी गर्दै हुनुहुन्छ होला।

झण्डै दश पन्ध्र मिनेट जति त बाटो हेरिन् अझैसम्म बाहिर ननिस्केपछि उनले ठुलो स्वरमा कराउँदै श्रीमानलाई बाहिर बोलाइन्। श्रीमान कोठाभित्र बाटै जवाफ फर्काए, “एकैछिन पर्ख न रमा किन हतार गरेको म आइहालेँ नि!”

केहि मिनेटमै श्रीमान एउटा सामानको पोको हातमा पछाडिपट्टि लुकाउँदै बाहिर निस्किए । “रमा आँखा चिम्म गर त !” रमा रिसाउन थालिन्। “किन आँखा चिम्लनु र मैले भन्नुहोस् त” भन्दै हपार्न खोजिन्। श्रीमानले कर गरेपछि आँखा चिम्लन बाध्य भइन्।

श्रीमानले भने, “रमा तिमी हात थाप न है एकैछिन तिमीलाई मैले आज केहि ल्याइदिएको छु नि!”

हातमा श्रीमानले त्यो पोको थमाएपछि रमाले आँखा खोलिन्। पोकोमा हरियो सारी, मेहन्दी र हरियो चुरा थियो। रमा खुसीले गदगद हुँदै आफ्नो श्रीमानलाई धन्यवाद दिँदै अंगालोमा बेरिइन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार