कर्णालीका कथा बोकेर, कर्णालीका व्यथा बोकेर एउटा लठ्ठीको साहारा अनि खाली खुट्टाको यात्रा गर्नु एकजना मानिसको जीवनमा सहज भने पक्कै थिएन।
कस्तो आँखा नै रसायो
“खाली खुट्टाका ती पैतालामा लुकेको छ देशको पीडा”
कर्णालीका चिसा बाटा, उकालो ओरालो पार गर्दै ३१ दिनको यात्रा पूरा गरी राजधानी आइपुग्नु भएका नवराज बोहरा। एउटा नाम मात्र होइन, एउटा प्रश्न बन्नुभयो। किन देशको आवाज बन्न खोज्ने मान्छेहरूलाई सरकार बिर्सन्छ? किन जनताको पीडा बुझ्न राजधानीको ढोका यति कठोर छन्?
प्रधानमन्त्रीज्यू, ती पैताला तपाईंको कुर्सीतर्फ होइन, देशप्रेमतर्फ हिँडेका थिए। ती हरेक पाइला, हरेक चोट तपाईंको कानसम्म पुग्ने आवाज र सपना थियो। तर दुर्भाग्य, तपाईंको ढोका बन्द रह्यो। उहाँको तर्क होइन, व्यथा थियो। माग होइन, समर्पण थियो।
देश टुक्रा-टुक्रा भएर चिच्याइरहेको छ, शिक्षा, स्वास्थ्य, रोजगारको अभावले। अनि एउटा साधारण नागरिकले त्यो चिच्याहटलाई आफ्नो खुट्टाबाट आवाज दिन खोज्दा, नवराजलाई नजरअन्दाज गरिन्छ भने, त्यो लोकतन्त्र कहाँ हरायो?
यो कुनै दलको नारा होइन, यो त देशका सच्चा छोराछोरीहरूको भित्री आवाज हो, “हामीलाई सुन्नुहोस्, हामी बोलिरहेका छौं, रगत-पसिनाको भाषामा।”
नवराजको चप्पल छैन होला, तर उहाँका कदमहरूमा इतिहासले चुम्ने साहस छ। यो साहसलाई नजरअन्दाज गर्नु देशप्रेमिलाई बेइमानी गर्नु हो।
हाम्रो नेताहरुलाई सम्झना गरौं,
जनता सडकमा उत्रिन बाध्य छन् भने, त्यो केवल अभावको होइन, उपेक्षाको प्रतिफल हो। नवराजको भावना, नवराज योजना, नवराजको कर्णालीप्रतिको प्रेम, कर्णालीको दर्गमता अनि विकृत सँग सरकारले किन बुझेन आखिर? नवराज जस्तो सयौं जन्मिन आवश्यक छ कर्णालीमा सम्मान छ नवराज तिमीलाई।
“देशमा अनेक थरिका पागल छन् तर उहाँ देशप्रतिको मायामा पागल भएको मान्छे हो।” तपाईले उठाउनु भएका मागहरू छिट्टै पूरा हुन्छन् वा हुँदैन हेर्न बाँकी छ। कति लाचार छ सरकार! आखिर खाली खुट्टाले राजधानी पसेका नवराजलाई भेट्न समय नभएको हो त प्रधानमन्त्री मन्त्रीज्यूलाई?
कर्णालीका कथा बोकेर, कर्णालीका व्यथा बोकेर एउटा लठ्ठीको साहारा अनि खाली खुट्टाको यात्रा गर्नु एकजना मानिसको जीवनमा सहज भने पक्कै थिएन।
नवराजको यो सङ्कल्पलाई सरकारले बेवास्ता गर्नु समग्र कर्णालीवासिको अपमान हो। कथा हृदयस्पर्शी छ!
नवराज कर्णालीका एक गरिब किसान हुनुहुन्छ, जसले आफ्नो अधिकार र कर्णालीको विकासको लागि ३१ दिनसम्म खाली खुट्टा हिँडेर काठमाडौं पुग्नुभयो।
यस्ता थिए मागहरू:
कर्णालीमा सडक निर्माण
स्वास्थ्य सेवा सुधार
शिक्षा सुधार
गरिबी निवारण
के नवराजको संघर्षलाई हामीले सहज सम्झिन सक्छौं?
विचरा नवराजलाई अव्यवस्थित राजमार्ग खाली खुट्टामा हिँड्नु परेको भेट आखिर पुगे पनि सङ्कल्पले मूल उद्देश्यले न्याय पाएन, विडम्बना! नागरिकले एउटा सङ्कल्प गर्छ, देशका लागि केही गर्न खोज्नु अपराध हो र? नवराजको ठूलो बेइज्जती गरिएको छ सरकारले।
के नवराज जुत्ता नपाएर काठमाडौं पुगेका हुन्? यो उनको सपना र सङ्कल्प एकजोर जुत्ता हो? कस्तो नालायक सरकार? तिमीलाई जनताको जनजीवनको चिन्ता छैन। कति निकम्मा सरकार! तेरो दृष्टिकोणमा प्रश्न गर्न पनि लाज लाग्छ होला। जुत्ता दिएर पठाउनु कति सान्दर्भिक हो मनन गर्नु पर्दैन।
यसको नतिजा अब कर्णालीवासीले दिनुपर्छ सरकारलाई। अब हजारौं नवराजको अपमान नगरोस् सरकारले।
नवराज भन्दै थिए, “म मेरो यात्राका शिलशिलामा मेरो पैलतामा जहाँ जुन ठाउँमा खुट्टामा पीडा हुन्थ्यो त्यहाँ भ्रष्टाचार भएको रहेछ।” भन्ने उनको यो शब्दले झन् भावुक बनायो मलाई। आखिरमा अनि भन्दैछन् नवराज, “मेरो पैतलाका घाउहरू सन्चो होलान तर मेरो मनका घाउहरू कहिले निका नहुने गरी खाटा बसेका छन्।”
यो कर्णाली ठूलो प्रेम हो नवराजको। आखिर सबैले यस्तो सोचेका भए मेरो कर्णाली भोक र रोगको उपमा को ट्याक दिन जरुरी थियो।
सलाम छ नवराज तिमीलाई!