सोमबार, २ असार, २०८२

विधवा नारी

नारी आफैंले अस्तित्व बेच्न चाहन्छिन् भनेर निष्कर्ष निकाल्नु सरलीकरण हो। वास्तविकता यो हो कि हाम्रो समाजले उनलाई विकल्पहीन बनाएको हुन्छ। शिक्षा नदिएर, सम्पत्ति नदिएर, सुरक्षाको ग्यारेन्टी नदिएर। माइतमा बसेकी महिलालाई पनि आत्मनिर्भर बन्ने, सम्मानपूर्वक बाँच्ने वातावरण दिनुको सट्टा, उनलाई मात्र दोषी ठहराउने चलन अपराधभन्दा कम छैन।

समाजले नारीलाई सधैं कोमल, सहनशील र समर्पितको रूपमा हेर्ने गरेको छ। तर जब एक नारीले आफ्नो जीवनसाथी गुमाउँछिन्, तब समाजको दृष्टिकोण अचानक फेरिन्छ। उनी अब ‘नारी’ मात्र होइन, ‘विधवा’ बन्छिन्। अनि उनको हाँसो, पहिरन, सपना र स्वतन्त्रता सबै प्रश्नचिह्नभित्र पर्छन्।

विधवा हुनु आफैंमा एक पीडादायी अवस्था हो। जहाँ भावनात्मक पीडा, सामाजिक व्यवहार र आर्थिक संकट एकसाथ आइलाग्छन्। पति गुमाएको शोक पार गर्न नपाउँदै समाजले उनमाथि अनेक आरोप-प्रत्यारोपको बोझ थोपर्छ।

हाम्रो समाजमा अझै पनि केही स्थानहरूमा विधवा नारीलाई अपशकुनको प्रतीकजस्तै व्यवहार गरिन्छ। विवाह, पूजापाठ, वा कुनै शुभ कार्यमा उनीहरूको उपस्थितिलाई ‘अशुभ’ ठानिन्छ। यसरी नारीको हैसियत उनको श्रीमानसँग जोडेर मात्र परिभाषित गरिन्छ, जुन अत्यन्तै अन्यायपूर्ण र अमानवीय हो।

जीवनको दोस्रो अध्याय किन अस्वीकार्य?
जब एक पुरुषले आफ्नी पत्नी गुमाउँछ, उसले पुनर्विवाह गरेमा समाजले सहज रूपमा स्वीकार गर्छ। तर एउटी विधवा महिलाले यदि पुनः जीवनसाथी खोज्न चाहन्छिन् भने, समाज त्यसलाई ‘चरित्रहीनता’को दृष्टिकोणले हेर्छ। यस्तो दोहोरो मापदण्डले नारीको स्वतन्त्रताको अपमान गर्छ।

तर विधवा नारीहरू सबै लाचार वा निरीह हुँदैनन्। धेरैजसोले आफ्नो शोकलाई शक्ति बनाउँदै, सन्तानको उज्ज्वल भविष्यका लागि अथक संघर्ष गर्छन्। उनीहरू आफैं आत्मनिर्भर बन्न सिक्छन् र समाजको गलत सोचको प्रतिवाद गर्छन्।

विधवा हुनु अपराध होइन, न त दुर्भाग्यको परिभाषा। उनीहरू पीडामा जन्मिएका छन्, तर पीडाले नै उनीहरूलाई अझ बलियो बनाएको छ। अब समय आएको छ। विधवा नारीलाई आँसु होइन, अवसर दिऔं। सहानुभूति होइन, समानता दिऔं। भन्ने नारा भित्ते पात्रो, तालिका, चार्ट जताततै लेखिएको छ।

एउटी नारी, जसले सृष्टिको निरन्तरता दिन्छिन्, जसले घर बनाउँछिन्, संस्कार बसाल्छिन्, र समाजलाई जीवन दिन्छिन्। त्यही नारी जब बाध्यताले, परिस्थितिको विकल्पहीनताले आफ्नै शरीर र अस्तित्व सस्तो मूल्यमा बेच्न बाध्य हुन्छिन्, तब हाम्रो समाज मौन रहन्छ। खासगरी त्यो नारी माइतमा रहेकी छ भने, समाजले उनलाई दोष दिने ठाउँमा उनलाई सहनैपर्ने सत्यको रूपमा हेर्छ।

सुरक्षाको प्रतिक कि कमजोरीको?
परम्परागत रूपमा माइत नारीका लागि शान्तिको थलो मानिन्छ। मायाको घर, समझदारीको स्थान। तर जब कुनै महिला माइतमा दीर्घकालीन रूपमा बस्छिन्, त्यो ‘आश्रित’को रूपमा चित्रित गरिन्छ। उनले आफ्नै माइती परिवारलाई बोझ ठान्न थाल्छिन्, र समाजले पनि उनलाई बोझको दृष्टिकोणले हेर्न थाल्छ।

यही सोच, यही दबाबले गर्दा कतिपय नारीहरू वैकल्पिक मार्ग रोज्न बाध्य हुन्छन्। चाहे त्यो सम्मान गुमाएर होस्, चाहे आत्मसम्मान बेचेर। जब उनीहरू आफ्नो अस्तित्व बेच्न विवश हुन्छन्, तब समाज मौन हुन्छ, सहानुभूति होइन, चासो पनि देखाउँदैन। सबैभन्दा पीडादायक पक्ष के हो भने यस्तो अवस्था देख्दा पनि समाजले यसलाई प्रश्न गर्नुको सट्टा ‘सहज’ रूपमा स्वीकार गर्छ। कारण?

“उनी त माइतमा बस्छिन्।”
“के गर्नु त, हालत त्यस्तै भएपछि…”
“परिवारले पालेको छैन, उनले पनि त बाँच्नुपर्‍यो नि।”

यी सबै बहानाका पछाडि समाजको लाचारी होइन, संवेदनहीनता लुकेको हुन्छ। हाम्रो समाजले नारीको अस्तित्वलाई पुरुषको संरक्षणमा मात्र सुरक्षित ठान्छ। जब त्यो सुरक्षा हुँदैन, नारीको स्वतन्त्रता अश्लीलताको नजरले हेरिन्छ। अनि यदि उनले आफैं बाँच्ने उपाय रोज्छिन्—त्यो अस्तित्व बेचेर भए पनि—समाज त्यसमा ताली बजाएर होइन, तर चुपचाप स्वीकृति दिँदै पछाडि फर्किन्छ।

नारी आफैंले अस्तित्व बेच्न चाहन्छिन् भनेर निष्कर्ष निकाल्नु सरलीकरण हो। वास्तविकता यो हो कि हाम्रो समाजले उनलाई विकल्पहीन बनाएको हुन्छ। शिक्षा नदिएर, सम्पत्ति नदिएर, सुरक्षाको ग्यारेन्टी नदिएर। माइतमा बसेकी महिलालाई पनि आत्मनिर्भर बन्ने, सम्मानपूर्वक बाँच्ने वातावरण दिनुको सट्टा, उनलाई मात्र दोषी ठहराउने चलन अपराधभन्दा कम छैन।

यदि समाजले महिलालाई आत्मनिर्भर बनाउने अवसर दिन्छ, शिक्षित बनाउँछ, भावनात्मक र आर्थिक सहारा दिन्छ भने, नारी माइतमा होस् वा कतै, उनले आफ्नो अस्तित्व बेचेर होइन, आफ्नो क्षमता बेचेर बाँच्न सक्छिन्। हामीले महिला भएर बाँच्नुपर्ने होइन, मान्छे भएर बाँच्न पाउने समाज बनाउनुपर्छ।

माइतमा बसेर अस्तित्व बेच्न विवश नारीको कथा केवल व्यक्तिगत कमजोरी होइन, यो समाजको सामूहिक असफलता हो। उनलाई सहानुभूति होइन, साथ चाहिन्छ। उनलाई दोष होइन, अवसर चाहिन्छ। अनि, सबैभन्दा मुख्य कुरा—अस्तित्व बेचेको नारी होइन, बेच्न बाध्य बनाएको समाजको सोच बदल्नुपर्छ।

समाजमा विस्तारै चेतना फैलिँदैछ। शिक्षित पुस्ताले विधवा नारीलाई सहानुभूति होइन, सम्मान दिन थालिसकेका छन्। अब आवश्यकता छ, विधवा महिलालाई पुनः प्रेम, सम्मान र स्वतन्त्र जीवन बिताउने अधिकार खुला रूपमा दिन सक्ने समाज निर्माण गर्ने।

नेपाल एक लोकतान्त्रिक गणतान्त्रिक राष्ट्र हो। देशले राजा-राणाको निरंकुश शासनलाई विस्थापित गरी जनताको मतदानद्वारा प्रतिनिधिहरू चुनेर शासन गर्ने व्यवस्था अंगालेको छ। कानुनी रूपमा हरेक नागरिक बराबरीको हकदार छ, चाहे त्यो पुरुष होस् वा महिला। तर विडम्बना, व्यवहारिक जीवनमा आज पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन।

गणतन्त्र आयो, संविधान बन्यो, महिलालाई अधिकार दिइएको घोषणा गरियो। तर समाजको सोचमा गहिरो परिवर्तन आउन नसकेको स्पष्ट छ। महिलालाई अझै पनि दोस्रो दर्जाको नागरिकजस्तै व्यवहार गरिन्छ। उनीहरूलाई घरको चौकाभित्र सीमित राख्ने प्रवृत्ति अझै कायम छ। शिक्षामा, स्वास्थ्यमा, रोजगारीमा महिलाहरू पूर्णरूपमा सहभागी हुन नपाएको अवस्था अहिले पनि विद्यमान छ।

आज पनि धेरै महिला घरेलु हिंसा, बालविवाह, दाइजो प्रथा, यौन उत्पीडनजस्ता समस्याबाट गुज्रिन बाध्य छन्। समाजमा महिलाको अस्तित्वलाई पुरुषको छायाजस्तो बुझिन्छ। नारीलाई सम्मान दिने सोच अझै पनि गहिरो रूपमा विकास भएको छैन। कतिपय ठाउँमा त छोरी जन्मिनासाथ नै दुख मनाइन्छ, गर्भमै छोरी भएकाले गर्भपतन गराइन्छ। त्यसैले यो समाजको दृष्टिकोण बदल्न सक्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार