बिहीबार, ७ फाल्गुन, २०८२

कविता : तस्बिर झैँ लाग्छ

जिन्दगीका ती अनेकन चाहना
सोचिएका ती अनेकन सपना
कहिले रहरै रहरमा जुर्मुराउँछन्
कहिले विवशतामा हराउँछन्

जसरी,
आज एउटा तस्बिर सजाइन्छ
दुईचार दिनमा अर्को तस्बिर देखाइन्छ
जसरी तस्बिरहरूको लस्कर हुन्छ
त्यस्तै लस्कर छन् सपना र चाहनाका 
आफ्नै तस्बिर बीचमा पनि प्रतिस्पर्धा छ,

तस्बिर झैँ सपनाको पनि प्रतिष्पर्धा छ !

जिन्दगीका अनेक मोडहरू छन्
सपनाका अनेक पदचापहरू छन्
चाहनाका अनेक शृङ्खलाहरू छन्
रहरका अनेक शिखरहरू छन्
चुनौतीका भिषण चट्टानहरू छन् 

कैयौँ दिन महिना वर्षहरू बिते!

आफ्नै तस्बिरलाई आफै सजाउन
अनि आफ्नै तस्बिरलाई हँसाउन
एति धेरै वर्षहरु खर्चिनु परेको छ।
अनि किन नलागोस् सपनालाई
सार्थक जीवनमा रुपान्तरण गर्न

अनि किन लगागोस् चाहनालाई
शिखरहरुको चुलिमा पुर्‍याउन।

(“प्रशान्त”२०८२/२/५ /४ हाल: खलंगा, प्यूठान।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार