मंगलवार, ३ असार, २०८२

कर्णालीका आमा अर्थात् स्ट्रोङ मदर

कर्णालीका आमासँग आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामर्थ छ। संसारमा प्रभावशाली भनेपछि कतिपयको मनमा शक्तिको प्रयोगका कारण चम्केका महिला भन्ने आउन सक्छ। तर कर्णालीकाे आमा, मानव सृष्टिका जननी मात्रै नभई मानव जीवनका जग पनि हुन।

मानव जीवनमा सुन्न र मन नपर्ने शब्द “युद्व” हाे। युद्व विध्वंस र कुरुप हुन्छ। दुनियाँमा युद्व मनपराउने मानवहरु सायद बिरलै भेटिएलान्। युद्ध दर्शनको अर्को नाम हो। आज विश्व २१ औं शताब्दीको परिवेषमा यात्रा गरिरहँदा युद्धको ध्वनि गुन्जिएकाे पनि हामीले पटकपटक सुनिरहेका छाैं। आफ्नो स्वाभिमान बचाउनकाे लागि वीर याेद्वाहरु तैनाथ छन्, कुन देशको याेद्वा वीर छ भनेर पनि हाेडबाजी चलिरहेको छ।

तर म भन्छु, “यदि याे संसारमा कहीँ वीर योद्धा छ भने त्यो वीर योद्धा कर्णालीका आमाहरु हुन। कर्णालीका आमा अर्थात् स्ट्रोङ मदर।”

२१ ओैं शताब्दीको परिभेषमा पनि कर्णालीका आमा बिना टेक्नोलोजी, हातहतियार, छेपास्त्र, मिशायल, यान बिना पनि युद्धमा हाेमिएकि छिन्। विहानै पहिलो प्रहर चराको चिरबिरे आवाजसँगै, पिठ्युँमा नानी बोकेर घाँस दाउरा, भिरपाखा, पखेरामा स्याउला साेत्तरसँग कुस्ती खेल्दै, नारी विरुद्ध सबै प्रकारका विभेद र हिंसासँग, शैक्षिक, राजनैतिक, आर्थिक, सामाजिक, प्रशाशनिक , जातीय विभेद, बाल विवाहा, पित्तृसत्तामक साेचसँग चट्टानबाट उम्रेर, विभिन्न डरलाग्दा कुरुप र भयानक दर्दनाक जालाहरुलाई छिचोल्दै एक नयाँ युगकाे सुरुवात र आशाकाे लागि युद्वकाे मैदानमा हाेमिएर एक्लै लडिरहेकी छिन्।

कर्णालीका आमासँग आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामर्थ छ। संसारमा प्रभावशाली भनेपछि कतिपयको मनमा शक्तिको प्रयोगका कारण चम्केका महिला भन्ने आउन सक्छ। तर कर्णालीकाे आमा, मानव सृष्टिका जननी मात्रै नभई मानव जीवनका जग पनि हुन। कर्णालीकी आमा, आफैमा एक अद्भूत शक्तिकी खानी हुन। त्यसकारण कर्णालीकी आमालाई आशिष र इनामकाे रुपमा लिन्छाैं। कर्णालीकी आमा साँच्चै भन्नुपर्दा एक कोमल हृदयकी खानी हुन्। एक प्रकारको सहृदयी भाव रहेको छ। मिठो बोली वचन, मधुर आवाज, हरेक क्षण मायालु व्यवहार दर्शाउँछिन्। कर्णालीकी आमासँग सेवा भाव, क्षमाशील, दानशील, बुद्धिमानी, दयाभाव, कर्तव्य निष्ठता छ।

कर्णालीकी आमाले तनले हैन मनले सुन्दर रहेकी छिन्। जुन घरमा आएका पाहुनलाई हार्दिकताको साथ घरमा स्वागत सत्कार गर्छिन्। अरुको दु:खमा आफ्नो दु:ख सम्झेर दु:खबाट मुक्ति पाउँदा आफूलाई आनन्द भएको अनूभूत गर्ने गर्छिन्। आफ्नो घरका सबै सदस्यबाट उत्तिकै रुपमा श्रद्धा, प्रेम सम्मान पाएका छिन्। जो सबैसँग मिठो बोल्ने, स्वास्थकर खाना खुवाउने गर्छिन्। जो हरेक दिन स्नान गरेर स्वच्छ सफा र स्वच्छ वस्त्र लगाउने गर्छिन्। जुन घरलाई शान्तिमय बनाउन हरेक दिन बिहान बेलुका ईश्वरको आराधना गर्छिन्। आफ्नो घरमा धर्म र नीतिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्छिन् र शालीन व्यक्तित्व निर्माण गर्छिन् ।

तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। तिनले उन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्।

व्यापारी जहाजहरूले जस्तै तिनले टाढाबाट भोजन ल्याउँछिन्। तिनी राती नै उठ्छिन्। आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्। खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्छिन् र आफ्नो कमाइले तिनी दाखबारी लाउँछिन्। तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्।

तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्, र तिनको बत्ती राती निभ्दैन। तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छिन् र आफ्नै औँलाले पिउरी पक्रन्छिन्। तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन् र आफ्नो हात दीन-हीनहरूका लागि बढाउँछिन्। हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्। तिनले आफ्नो खाटको लागि ओढ्ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपडा पहिरिएकी हुन्छिन्। तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्।

तिनले सूती कपडाका वस्त्रहरू बनाउँछिन्, ती बिक्री गर्छिन् र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्। तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छिन् र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। तिनी बुद्धिसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ। तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन् र आलस्यको रोटी खाँदिनन्। तिनका छोरा-छोरीहरू खडा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्। धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।

सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडिजाने हुन्छ। तर ईश्वर भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ। भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ। हुन पनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ।

जुन नारी मीठो बचन बोल्छिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली व्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ। तर वर्तमान परिप्रेक्ष्यमा विश्व र नेपाललाई तुलनात्मक रुपमा हेर्दा यसैगरी नेपाली राजनीतिमा पनि नारीकाे सहभागिता उत्साहजनक छ। कुनै समय प्रभावशाली नेताको पत्नी र आमाको परिचयमा सीमित विद्या भण्डारी ‘सेरेमोनियल’ नै सही राष्ट्रप्रमुख बनेकी छिन्। र पूर्वलडाकु ओन्सरी घर्ती मगर शक्तिशाली संसद्को सभामुख बनिसकेकी छन्। तर कर्णालकी आमाको दिनचर्या भने पाखा पखेरामा छ। यस्ता अवसरबाट बन्चित छिन्। याे कारणले नसकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ।

जर्मनीमा कुनै पनि बालिकाले अब निर्धक्क चान्सलर बन्ने सपना देख्न सक्छे। कुनै अमेरिकी महिलाले सोचिरहेकी होलिन्, ह्वाईटहावसकाे नेतृत्व गर्ने। तर, विडम्बना! कर्णालीकी आमाको यस्तो परिकल्पना त परै जाओस् उहीँ पुरानै व्यथा चलिआएको छ।

कर्णालीकी नारीले सरकार र राष्ट्रको नेतृत्व गर्ने अवसर पाइन् भने लैंगिक हकहितको लागि मात्र आवाज उठाउने हाेइन अन्तर्राष्ट्रिय सम्बन्ध, देशको सुरक्षा, आर्थिक विकास र रोजगारी तथा सामाजिक सुरक्षा जस्तो वृहत्तर विषयमा नै नेतृत्व गर्न सक्छिन्। तर बिडम्बना आधुनिकीकरणकाे प्रभावले छुन नसकेको कर्णाली १२ ओैं शताब्दीमा थला परेकाे छ। कर्णालीकी आमाको दुःखमा अली कमी आएको मुसलले धान कुट्ने, कोलमा तेल पेल्ने, डोकोमा ग्रागी बोकेर पानी खाने दिन हराए पनि अरू दुःख भने ज्यूँका त्यूँ नै रहेको छ। कर्णालीका गाउँबस्ती आमामाथि नै निर्भर छन्।

“जति काम गर्दा पनि सुखका दिन भेटिएनन्,” कर्णालीका आमाहरु भन्छिन्, “सुख कस्तो हुन्छ, अहिलेसम्म महसुस गर्न पाएका छैनौँ।” बिरामी हुँदा राम्रा अस्पताल नगएको, गर्भवती, सुत्केरी र महिनावारीको अवस्थामा पनि जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको कर्णालीकी आमाहरुकाे गुनासो रहेकाे छ।

महिनावारी र सुत्केरी हुँदा आराम गर्नुपर्ने हो, तर त्यो बेला भान्सा नछुइने भएकोले झन् धेरै काम गर्नुपर्छ। गर्भवती हुँदा पनि कामै हुन्छ। अनि सुत्केरी भएको १५- १६ दिनदेखि नै घाँसदाउरा नबोकी सुखै हुँदैन। निधारमा नाम्लो र पिठ्यूँमा भारीले कहिल्यै छोड्दैन।

भालेको डाँकोसँगै राति अबेरसम्म काम नगरी हुँदैन। आराम गर्ने फुर्सद नै हुँदैन? काखको बच्चालाई बोकेर सकिनसकी घर धानेको कसैले देख्दैनन्, तर पुरुषले थोरै कमाएर ल्याए भने त्यो नै ठूलो देखिन्छ। घाँसदाउरा जाँदा, रूख र भीरबाट लडेर कर्णालीका कतिपय आमाहरुले अकालमै ज्यान समेत गुमाएका छन्। जोखिमपूर्ण काम गर्दा पाठेघर खस्ने, उच्च रक्तश्राव हुने, टाउको दुख्ने, ढाँड दुख्ने जस्ता समस्याबाट दुर्गम कर्णालीका आमाहरुलाई राज्यले दिएको उपहार जिबितै छ।

बरु युद्वमा हाेमिएका याेद्वाहरु आरामसँग सन्तुलित जीवन जिउन सक्छन्। तर कर्णालीकी आमाहरुकाे लागि भने “आकाशकाे फल आँखा तरी मर” छ। अन्नबाली लगाउने, गोडमेल गर्ने र भित्र्याउने बेला कामको बोझ झन् बढ्छ। यी सबै काम गर्नुपर्ने भएकोले धेरै दुःख छ। जागिर खाए पनि चुलोचौको गर्नैपर्छ। घाँसदाउरा काट्नैपर्छ। स्याउलासोत्तर ल्याउनैपर्छ। गोठाला पनि जानैपर्छ।

अहिले झन् युवाजति सबै विदेशमा छन्। मृत्यु, दफन संस्कार देखि भुमि जाेत्नेसम्म कामको बोझ र सन्तुलित आहाराको अभावले बैँसमै बूढो देखिनुपर्ने अवस्था पनि रहेको कर्णालीका आमाहरुकाे दु:खका पाेकाहरु फुकाउने ठाउँ पनि छैन। कर्णालीकी आमालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सरकारी तथा गैरसरकारी निकायले काम गरेको दाबी गरे पनि धेरै आमाहरु बन्चित नै छन्।

कर्णालीकाे एउटा महामारी राेग जाे पृतिसत्तात्मक मानसिकताले पनि आमाहरुले झन् बढी दुःख पाएकाे अवस्था छ। पुरुषको तुलनामा आमाहरु दैनिक जीविकोपार्जन गर्न कडा श्रम गर्न बाध्य छन्। कर्णालीकी आमाहरुले प्राय अहिलेसम्म गाडी चढेकी छैनन् भने कतिपय बिरामी पर्दा डाक्टरको पनि अनुहार देख्न नपाएको अवस्था छ। सुखदुःख जे भए पनि आफैले झेल्नुपर्ने कर्णालीकी आमाहरुकाे दिनचर्या नै भइसक्याे।

उमेर नपुग्दै बिहे गर्ने अनि बुहारी बनेर घरको सम्पूर्ण काम गर्नुपर्ने अवस्थाले झन् दुःख थपिरहेकाे छ। महिला सशक्तिकरणको लागि राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयासहरु गर्दै आइरहेको छ। र पनि कर्णालीकी आमाहरु अझै ओझेलमा परेकाे देखिन्छ। कर्णालीमा अझै पनि महिला र पुरुष बीच विभेदको ठुलो अवशेष बाँकी छ। यँहाको सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक, प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा कर्णालीकी आमाहरुकाे पँहुच ज्यादै न्यून रहेको छ। परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विवाह, छोराको महत्त्व जस्ता मान्यताका कारणले आमाहरुकाे स्थिर विकास हुन सकेको छैन।

लैंगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसर आदिमा कमिका कारण कर्णालीकी आमाहरुकाे चेतना स्तर निकै पछाडि छ। कर्णालीका नारिहरुकाे दिनचर्या उहीँ पुरानै छ। यार्सा टिप्न देखि उठ्ने बित्तिकै दैलो पोत्ने, घरको सरसफाइ गर्ने, खाना पकाएर परिवारलाई खुवाउने, घाँसदाउरा गर्ने, दिउँसो गोठाला जाने दिनचर्या रहेको छ। एउटा काम सकेपछि पुरुषहरू डुलेरै दिन बिताउँछन्। महिलालाई भने धेरै दुःख छ।

सुत्केरी र महिनावारी हुँदा समेत राम्रोसँग खान र आराम गर्न पाइँदैन। बिहान चार बजेदेखि राति १०-११ बजेसम्म काममा जोतिनुको विकल्प हुँदैन। जस्तो दुःख भए पनि आमाहरुले काम नगरी सुखै छैन। चुल्होचौकोदेखि, गाईभैँसी दुहुने, खेतबारी खनजोत गर्ने जस्ता काम गर्न आफूहरू बाध्य छन्।

पुरुषहरू कमाउन कालापहाड र वैदेशिक रोजगारीमा जाने भएकाले चुल्होचौकोदेखि खेतीपातीसम्मको काम धान्नुपर्ने बाध्यता दैनिकी बनेको छ। उमेर नपुग्दै बिहे गर्ने अनि बुहारी बनेर घरको सम्पूर्ण काम गर्नुपर्ने अवस्थाले झन् दुःख थपिने त्यहाँको सामाजिक अवस्था अझै विद्यमान छ।

कर्णालीमा अशिक्षाका कारण धेरै आमाहरु आधारभूत अधिकारबाट बञ्चित रहेर जीवनयापन गर्नु परेको छ। यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा आमाहरूकाे पहुँच न्यून छ। शिक्षा कम, साक्षरता प्रतिशत कम, न्यून रोजगारीको अवस्था विद्यमान छ। त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरुषसरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोही घोषणापत्रका बुँदालाई आधार बनाई काम भइरहेका छन्। तैपनि कर्णालीकी आमाहरुकाे स्तर माथि उठ्न सकिरहेको छैन।

सहरी क्षेत्रमा छोरा र छोरीको शिक्षामा खासै फरक नदेखिए पनि कर्णालीमा अहिले पनि छोरीको शिक्षालाई अनावश्यक बोझ ठान्ने प्रवृत्ति कायमै छ। सहर बजारतिर महिलाको अवस्था केही माथि उठे पनि विकट क्षेत्रका आमाहरुकाे अवस्था उही मेलापात, घाँसदाउरा र चुलोचौकोमा सिमित छ।

जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ ईश्वरको पनि बास हुन्छ। भन्ने भनाइ पनि हाम्रो समाजमा चलेको छ। विभेद, शोषण र सामाजिक कुप्रथाले कर्णालीकी आमाहरुकाे विकास हुन सकिरहेको छैन।

कर्णालीमा महिलाप्रति विगतमा गरिँदै आएका विभेदपूर्ण कार्यजस्तो आमाहरुलाई सन्तान जन्माउने साधनका रूपमा मात्रै लिने, चल सम्पत्ति, अचल सम्पत्ति, जायजेथा आदि पुरुषको नाममा दर्ता हुने, महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने, महिलाले बालबच्चा तथा बूढाबूढीको स्याहारसुसार गर्नुपर्ने, छोरा र छोरीबीच भेदभाव गर्ने, महिलालाई निम्न स्तरको काम लगाउने, दाइजो प्रथाजस्ता विभेद आदिका कारण कर्णाली कि आमाहरुकाे सामाजिक अवस्था दयनीय छ।

कर्णालीमा सामाजिक तथा पारिवारिक कामको विभाजन यसरी गरिएको छ कि पुरुषलाई स्वच्छन्द र स्वतन्त्र भएर बाँच्ने र आमाहरुलाई भने पराधीन र पराश्रित भएर कुण्ठित जीवन व्यतित गर्न बाध्य बनाइएको छ। आधुनिक विज्ञान र प्रविधिको यो युगमा पनि परम्परावादी सोच, चिन्तन तथा दृष्टिकोणका कारण कर्णालीमा महिला विरुद्धको हिंसा जारी नै छ।

कर्णालीकी आमाहरुका विरुद्धमा सबै प्रकारका विभेद र हिंसाको अन्त्यगरी आमाहरुकाे हक तथा अधिकारको सुक्षा र प्रवर्द्धनका लागि राज्यले अधिकारमा आधरित विकास अवधारको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालन गर्नुपर्छ।

त्यस्तै विभेदकारी कानुनहरू हटाई हरेक छेत्रमा कर्णालीकि आमाहरुलाई सहभागिता गराई आमाहरुमा भएको अन्तर्निहित् क्षमतालाई बृदि गराउनुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार