स्नातकतर्फ ३८ जना बीपीएच, १३ जना बीएमएस र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित हुनेछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक ५८ विद्यार्थीलाई दीक्षित हुँदैछन्। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बुधबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुँदैछ।
जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्रका स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरू यस समारोहमा दीक्षित हुनेछन्।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। समारोहमा सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झा तथा अमेरिकाको हार्डबर्ड मेडिकल कलेजका निर्देशक क्रिस्टिन मसेंगरको पनि सहभागिता रहनेछ।
स्नातकतर्फ ३८ जना बीपीएच, १३ जनाबीएमएस र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित हुनेछन्।
दीक्षान्त समारोहपछि प्रतिष्ठानको सभा बैठक र नयाँ शैक्षिक भवनको उद्घाटन समेत हुने कार्यतालिका रहेको छ।