सोमबार, ८ पुष, २०८१

कविता : यादहरु !

हावाको वेग जस्तै
नदीको गति जस्तै
सुर्यको प्रकाश जस्तै
बन्दुकको गोलि जस्तै
आएका यादहरुका छालहरुले,
मलाई जिस्कारहेका छन् ।

विगत दर्साएका छन् ।
आँखामा पानी वर्षाएका छन् ।
मुटु रेटेका छन्,
तिम्रा यादले,
मलाई नछाड्ने वाचा गरेर भेटेका छन्।

म हिँड्दा छोडेका छैनन् ।
म बस्दा छोडेका छैनन् ।
तिम्रा यादहरु यसरी पछि लागेका छन् ।
मेरो मनस्थितिबाट अन्तै गन्तव्य न मोडेका छन् ।
तिम्रा यादहरु किन यति अपराधी बन्न सकेका ?

भनिदेऊ न तिमीले तिम्रा यादहरुलाई,
अब उसको सामुन्ने नगईदेऊ भनेर,

कुनै पल तिमी हुँदा,
तिम्रो याद आउँदा लाग्थ्यो,
ऊ छ र त मैले उसलाई सम्झेको छु ।
उसको याद आउँछ मलाई,
त्यो याद र यी यादहरुमा निकै फरक छ प्रिया !

त्यो यादले मलाई हाँस्न सिकाएको थियो ।
त्यो यादले मलाई खुसीले बाँच्न सिकाएको थियो ।
तर यी यादहरुले मलाई खुकुरीको धारले,
यसरी रेटिरहेका छन् कि ?

मलाई न मार्न नै सकेका छन् ।
न त नदुखेर बाँच्न दिएका छन् ।।

प्रिया ! यति हुँदा पनि तिम्रा यादहरु !
यति प्रिय् लाग्छन् मलाई ,
किनकि,
मेरो अहिलेको सहारा
तिमी भन्दा पनि तिम्रा यादहरु
मेरो सहारा बनिरहेका छन् ।

अहिले तिमी भन्दा बढी तिम्रा यादहरु
बढी प्रिय् छन् मेरो लागि !

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार