सोमबार, ८ पुष, २०८१

कविता : दशैको शुभकामना

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउँ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाई
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

नेपालीहरूको महान पर्व दशैं
आफन्त, इष्टमित्र, साथी सङ्गीसँगीको भेट
आकाश छुने लिङ्गे पिङ अनि चङ्‌‌गा चेट
बासस्थान छाडेका बचेराहरुको आगमनको पाली,
कलिलो यौवनमा चढेको त्यो लाली।

नयाँ लुगा, जुत्ता अनि भएका नभएका आफन्तको सम्झना बिर्सना
विगत, वर्तमान र भविष्यका अवयवहरूमा आवश्यक माया, स्नेह र हौसला।
मलाई चिन्ने या भनौ मलाई चिनाउने त्यो गल्ली बाटो
सानो बेलाको स्मृती सञ्जाएको मेरो गाउँको माटो
दशैंले फेरी ताजा बनायो।

पूर्णता तिर हुर्किँदै गरेको त्यो जुन
वातावरण नै सङ्‌गितमय पारेको मालश्रीको धुन
खेत भरी धान र गहुँ लह लह
न जाडो न गर्मी सरद ऋतु आहा!
चोक चोकमा लङ्गुर बुर्जा र कौडाको खाल
पुलिस आएको दशकोस पर देखी भाग्ने हाम्रो चाल
दशैंले फेरी ताजा बनायो।

हरेक साल वसन्त पार गरीयो
उमेर बढ्‌‌यो जीम्मेवारी थपियो।
आज आएर नयाँ लुगा किन्नु रहर छ
त्यो भन्दा नि धेरै रहर बाँलाई नयाँ लुगा किनि दिनु छ।
अन्नसँगै सपना बगाएको त्यो बाडी
रहर छ आमालाई दिलाउँन त्यो सारी।

ओत लाग्न प्वाल नपरेको जस्ताको छाना
केटाकेटीहरुको नयाँ नाना
देखाउनु छ दुनियालाई सारा
फेरियो है हाम्रो पनि चाला।
हर्ष कम होला तर रौनक घटेको छैन
लगाएका कपडा पुरानो भएपनि दशैंप्रति माया घटेको छैन।

चङ्‌‌गाले भरिने आकाश आज हवाइजहाजले भरियो
दशैंको दिन भुई छाड्‌नुपर्छ भन्ने चलन पिङ सगै बिलायो।

अन्नत : खुशी छाओस मुहारमा सबैको
जमरा होस टीका होस खाली निधार नहोस कसैको
पूरा हुन् सपना सबै
विजय होस् सबै नेपालीको हार नहोस कसैको।
यही नै हो मेरो केवल एउटा चहाना
विजया दशमीको सम्पूर्ण नेपालीहरूमा मङ्गलमय शुभकामना।

“आयु द्रोणसुते, श्रूयं
दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च
पवने, मानं च दुर्योधने।

सौर्य शान्तनवे, बलं हलधरे
सत्यं च कुन्ति सुते
विज्ञानं विदुरे भवन्तु
भवतां किर्तिश्च नारायणे”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार