सोमबार, ८ पुष, २०८१

कविता : परदेशी जीवन

सम्झना आउँछ आमा मनभरी मुटुभरि माया छ,
घर आउन मन लाग्छ आमा
आँखाभरी साहुको ऋणको छाया छ|

तिम्रा सपना पुरा गर्न सकिनँ आमा,
माफ गरिदेउ मलाई,
केहि गर्न सकेको छैन त लाग्छ
आज खै कुन्नि कुन देवको साया छ।

तकदिर लेख्न निस्केको म
आमा कोर्ने कलम भेटिनँ,
लाग्छ होला अझै अर्को जन्म आमा
साहुको ऋण मेटिन।

न आत्तिनु है आमा
सपनाले च्यापेको छ मलाई,
जति दु:ख सहे पनि, साहु तिर्न नसके पनि
फर्की आउनेछु एकदिन।

याद आउँछन् तिम्रा ति ठेला उठेका हातहरु
जब फर्की आउन कोसिस गर्छु घरमा,
बेबारिसे र बेसाहारा जिन्दगि चल्दो रहेछ
वैदेशिक रोजगारको भरमा।

चोली फेर्ने रहर त थियो आमा,
धारो बेर्दिने चाहना,
रातदिन काम गर्ने जोहो गर्दै छु आमा
साहुले मार्छकि भन्ने डरमा।

आए आज सात समुन्द्र पारि
खुसि अनि सुख पाउनलाई,
बारीमा कोदो फुल्दैन अनि खेतमा धान झुल्दैन आमा
परदेशमा दशैँ आउनलाई।

आउन त मन छ मलाई मलाई पनि
रमाउन मन थियो तर सकिनँ आमा,
अलिकति खर्च पठाएको छु
राम्ररी उम्काउनु ति पाहुनालाई।

दिदि तिम्रो हातको
सप्तरंगी टिका प्रहार सालकै भयो अब,
तिम्रो यो प्यारो भाइको २-४ वर्ष परदेशमै गयो अब।

माइत जान नबिर्सिनु है दिदि
भान्जा भान्जी लिएर,
आँसु नै आँसु छ दिदि,
हासो अनि खुसि त केवल
भित्तामा राखेको तस्बिरमा रह्यो अब।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार